scheduleमगलवार कार्तिक २६ गते, २०७६

मरेकी छोरीलाई ब्यूँताउन बाबुआमाको यस्तो प्रयास !

11424696_977776105607187_787473564_n

एजेन्सी । यी सानी बालिकाको माया गरेर बोलाउने नाम एन्ज हो । उनको मृत्यु गत जनवरीमा ब्रेन क्यान्सरबाट भयो । तर, मृत्युपछि पनि यी मासुम बालिका संसारबाट अझै बिदा भएकी छैनन् । यदि सबैकुरा उनका बाबुआमाले सोचेजस्तो भएमा उनी पुनः ब्यूँतिनेछिन्, तर देख्ने बाबुआमा रहलान् या नरहलान् ।
थाइल्याण्ड निवासी एन्जका बाबुआमालाई अझै पनि विश्वास छ, एक दिन प्रविधिको यस्तो विकास हुनेछ, जसले आफ्नी छोरीलाई पुनः जीवत पार्न सकोस् । यही आशमा उनीहरुले एन्जको मस्तिष्कलाई एन्टी फ्रीजले भरेर एरिजोनाको लकरमा संरक्षित राखेका छन् । यसरी क्रायोप्रिजर्भ हुने एन्ज संसारकै सबैभन्दा कम उमेरको मानिस बनेकी छिन् ।
interesting child
क्रायोप्रिजर्भेशन या क्रायोकञ्जर्भेशन यस्तो प्रविधि हो जसमा मृत मानिसको शरिरका विभिन्न कोषहरुलाई शून्य डिग्रीभन्दा पनि कम तापक्रममा सुरक्षित राख्न सकिन्छ । यो वर्षौंसम्म पनि जस्ताको तस्तै रहनसक्छ ।
11421461_977776098940521_1443547901_n
एन्जका बुबा भन्छन्, ‘हामीलाई विश्वास छ कि भविष्यमा एकदिन मृत्युमाथि विजय प्राप्त गरिनेछ ।’ एन्जका ४१ वर्षीय बुबा सहटार्न र आमा नरीरत दुबै इलेक्ट्रोनिक इञ्जिनियर हुन् । उनीहरुले आफ्नी छोरीको मस्तिस्क क्रायोप्रिजर्भ गर्नको लागि एक्सटेन्सन फाउण्डेशनमा पठाए, जहाँ एक व्यक्तिको मस्तिष्क संरक्षित राख्नको लागि ८० हजार डलर लाग्छ ।
उनीहरुलाई अझै विश्वास छ, एक दिन टेस्ट्युव टेक्नोलोजी यति विकसित हुनेछ कि जसले एन्सको शरीरलाई पुनः निर्मित गर्नेछन् ।
तर छोरी जीवित हुने दिनसम्म उनीहरु भने रहलान् या नरहलान त्यो भने भविष्यकै गर्भमा छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage