scheduleशनिवार श्रावण ४ गते, २०७६

चीनमा कसरी बन्यो १९ दिनमा ५७ तले घर (भिडियो)

tower-block-china-3-days
एजेन्सी । जसरी नेपालमा भूकम्प गएर भत्किएका दृश्य समेटिएका विभिन्न भिडियोहरु इन्टरनेटमा भाइरल भइरहेको छ । त्यसैगरी अहिले इन्टरनेटमा एउटा अभूतपूर्व निर्माणको भिडियो पनि भाइरल भइरहेको छ । नेपालमा भत्किएका भवनको पुननिर्माणमा महिनौं मात्र होइन वर्षौं लाग्ने अनुमान छ । तर यही बेला चीनबाट एउटा ध्यान तान्ने समाचार आएको छ ।

भत्किएको होइन बनेको खबर हो चीनको । चीनमा ५७ तले भवन जम्मा १९ दनमा बनाइएको छ । चीनमा बनेका भवनको उचाइका तुलनामा यसको खासै महत्व नभएपनि यसको निर्माण अवधिका कारण यो काम चर्चित बनेको छ ।

दुई सय चार मिटर अग्लो यो भवन संघाईमा भएका अग्ला भवनको उचाइको एक तिहाइ मात्र हो । तर, यो भवन निर्माणपछि सार्वजनिक गरिएको भिडियोमा एक दिनमै यसको तीन तला बनाइएको देख्न सकिन्छ ।
यो भवन ज्याङ उईले बनाएका हुन् । उनले भनेका छन्, ‘यो त सुरुवात मात्रै हो ।’ उनले भवन निर्माणका क्षेत्रमा क्रान्ति गर्ने आफ्नो कम्पनीको सोच रहेको बताएका छन् ।

स्टीलको प्रयोग गरेर बनाइएको यो घर जस्तोसुकै दुर्घटनामा पिन सुरक्षित रहने विश्वास गरिएको छ । किनकी स्टिल नटुट्ने तर दोब्रिन्छ भन्ने मान्यता छ, ज्याङले भने । उनी ७ महिनामै २ सय २० तले घर बनाउने योजना रहेको बताउँछन् । उनले आकाश छुने स्काई सिटी बनाउने योजना रहेको बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob