scheduleबुधवार श्रावण १ गते, २०७६

मलेसियामा दुई नेपालीको मृत्यु

Malaysiaसप्तरी, ३ असार । रोजगारीका सिलसिलामा मलेसियामा रहेका सप्तरीका प्रभुकुमार यादवको मृत्यु भएको दुई दिन नबित्दै आज फेरि एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको भारदह गाविस–५ निवासी रामेश्वर दासको छोरा २६ वर्षीय उपेन्द्र रहेको मलेसियामा रहेका उनको भाइ दीपेन्द्र दासले टेलिफोनमार्फत आज जानकारी गराएका हुन् ।

दासका अनुसार कुन कम्पनीमा कार्यरत रहेको र कसरी मृत्यु भएको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । एक वर्ष अगाडि रोजगारीका सिलसिलामा उपेन्द्र मलेसिया गएका थिए ।

यसअघि मलेसियाको माइटेक कम्पनीमा कार्यरत सप्तरीको बरहीबिरपुर गाविस–९ निवासी २३ वर्षीय प्रभुकुमार यादवको राति अचानक पेट दुखेको र तत्कालै अस्पताल भर्ना गरे पनि उपचारकै क्रममा दुई दिन अगाडि मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । यादव एक वर्ष अगाडि मलेसिया पुगेका थिए ।

दुवै जनाको शव नेपाल ल्याउनका लागि उनीहरुको परिवारजनले नेपाल सरकारसँग आग्रहसमेत गरेका छन् । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob