scheduleमगलवार आश्विन २८ गते, २०७६

९१ वर्षकी बेहुलीसँग १ सय ३ वर्षमा विवाह

marriage in 103 years old

कति बाँचिएला ? ७० वर्ष ? कि ८०? कि सय वर्ष ? भन्न गाह्रो छ किनकी यो अनुमानको विषय होइन । तर औसत आयुका दृष्टिबाट सामान्य विश्लेषण गर्न सकिन्छ । तर यहाँ हामी मानिस कति वर्षसम्म बाँच्छ भनेर उमेरको हिसाब गर्दै छैनौं । यहाँ त सय वर्ष नाघेपछि विवाह गर्ने अचम्मको जोडीको कुरा गर्दै छौं ।

बदलिएको जीवनशैली र अस्वस्थताले मानिसको औसत आयू घटिरहेको बेला एक जना पुरुषले १ सय ३ वर्षको उमेरमा बिहे गरेर सबैलाई आश्चर्य चकित बनाएका छन् । र, उनको लागि बेरोजगार बन्न तयार भएकी छिन् उमेरमा नब्बे कटेकी महिला । बेलायत निबासी १ सय ३ वर्षिय जर्ज किबी र ९१ नब्बे वर्षिया डेरिन ल्युकी अहिले सबैभन्दा बढी उमेरका नवविवाहितका रुपमा चर्चामा छन् ।

डेली मेलका अनुसार अचम्मको कुरा त उनीहरुको विवाह रातारात तय भएको होइन । विगत २७ वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहको वैधानिकता दिएका हुन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage