scheduleआइतवार श्रावण ५ गते, २०७६

बच्ची जन्मिँदैमा बुढी पैदा भएपछि …

babyमुम्बई । के कुनै आमाले आफ्नो नवजात शिशुलाई दूध पिलाउन अस्वीकार गर्लिन् ? यस्तो होला भनेर सोच्न पनि सकिन्न । तर, मुम्बईमा दुई साता अघि जन्मिएकी एक बच्चीको साथ यस्तै भइरहेको छ ।
जन्मिँदै बुढी देखिएकी यो बच्ची ‘इन्ट्रा–यूट्रीन ग्रोथ रिटार्डेशन’ नामक बिमारीबाट पीडित छिन् । उनको अनुहार बुढी महिलाको जस्तो देखिन्छ, भने छाला चाउरी परिसकेको छ । सोही कारण स्वयम् आमाबाबुले यी बच्चीलाई स्वीकार्न मानिरहेका छैनन् । उनको मुम्बईस्थित वाडिया अस्पतालमा उपचार भइरहेको छ ।
७ महिनामै जन्मिएकी प्रिमेच्योर शिशुको तौल ८ सय ग्राम छ । बच्चीलाई जिवित राख्नको लागि बाख्रीको दूध खुवाईंदै छ । गाउँका सबै यस बच्चीलाई हेर्न त आए, तर कसैले छुने हिम्मत गरेनन् । उनीहरुलाई डर थियो, कतै आफूलाई यो रोग नसरोस् । यस्तैमा अस्पतालले बच्चीको उपचार खर्च ब्यहोर्ने भएको छ । उनको उपचारमा करिब ५ लाख भारतीय रुपैयाँ लाग्ने बताइएको छ ।
सबैले छोडेपछि बुढा हजुरबुबाले उनको साथ छोडेका छैनन् । भन्छन्, विचरी यस्तो हालतसँग उसको के दोष !

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob