scheduleशनिवार आश्विन ४ गते, २०७६

नेपाली कलाकारले अभिनय गरेको यो भिडियो एक सातामै ५ करोडले हेरे (भिडियोसहित)

काठमाडौं, ६ असार । नेपाली कलाकार जसवन्तदेव श्रेष्ठले अभिनय गरेको भिडियो अहिले फेसबुकको इतिहासमै सबैभन्दा बढी भाइरल बनेको छ । आइतबार दिउँसो यो समाचार तयार पार्दासम्म ५ करोड भन्दा बढीले यो भिडियो हेरिसकेका छन् । यसअघि फेसबुकले बनाएको विज्ञापन २ करोड सात लाखसम्मले हेरेको रेकर्ड थियो ।

Jaswanta Dev Shrestha

फेसबुकले आफ्नो लाईक बटनको विज्ञापनका लागि तयार पारेको भिडियोमा नेपाली कलाकार श्रेष्ठले अभिनय गर्ने मौका पाए । अमेरिकाको लस एन्जलसमा बस्दै आएका श्रेष्ठले फेसबुकको अडिसनबाट छानिएर अभिनय गर्ने मौका पाएका हुन् । उनी हाइवे टु धुम्पुस फिल्मका समेत निर्माता हुन् ।

उनले ५ करोड पटक भिडियो हेरिएपछि फेसबुकमा यसरी खुसी साटेका छन् ।

5 CRORE, (50 Million – plus) Views on my Facebook Ad!What else can an Actor as for?! Thanks Facebook, Wieden + Kennedy Agency and Director Clayton Vomero for this great opportunity.

Posted by Jaswant Dev Shrestha on Monday, June 15, 2015

 

के छ भिडियोमा ?

भिडियोमा नेपाली कलाकार श्रेष्ठसँगै अफ्रिकनमूलकी एक युवतीले अभिनय गरेका छन् । भिडियोमा उनीहरु दुबैले फेसबुकमा फोटो राख्नका लागि फरक-फरक ड्रेसअपमा सजिइरहेका छन् । यस्तैमा फोटो लिन्छन् र फेसबुकमा अपलोड गरेर साथीहरुसँग प्रतिक्रिया लिन्छन् ।

विज्ञापनमा भनिएको छ, ‘अन्तिम समयमा पोशाकबारे सुझाव दिन साथीहरु सबैभन्दा अब्बल हुन्छन् ।

हेर्नुस् भिडियो

First DateFriends are always good for some last–minute fashion advice.

Posted by Facebook on Friday, June 12, 2015

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage