scheduleआइतवार श्रावण ५ गते, २०७६

अस्ट्रेलियामा एनआरएन निर्वाचनको सरगर्मी

सचिव पदका लागि सुवेदीको प्रचार अभियान

Tikaram Subediसिड्नी । अष्टेलियामा आगामी जुलाई ४ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएन) निर्वाचनको माहौल तात्दै गएको छ । आगामी कार्यकालका लागि विभिन्न पदका उम्मेदवारहरुले आफ्नो चुनावी अभियानको प्रचारप्रसार सुरु गरेका छन् ।

यसैबीच क्वीन्सल्याणका टीकाराम सुवेदीले सचिव पदका लागि प्रचारप्रसारलाई तिव्रता दिन थालेका छन् । यसअघि कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरेका सुवेदीले एनआरएनको उद्देश्य र लक्ष्यको दायरामा रहेर काम गर्ने नेपाली समुदायमा प्रतिबद्धता जनाएका छन् ।
उनले प्रवासी नेपालीहरुको ज्ञान र सीपलाई सिंगो नेपाल र नेपालीको हितमा अधिकतम उपयोगका लागि सरोकारवाला निकायसँग पहल गर्ने बताएका छन् ।

नेपाली कला, संस्कृति र भाषाको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय संघ–संस्थाहरुसँग हातेमालो गर्दै अगाडी बड्ने सचिबका प्रत्यासी सुवेदीले नेपाली चुनाव प्रचारप्रसारको क्रममा बताए ।
सुवेदीले एनआरएन अष्ट्रेलियाद्वारा सञ्चालित कल्याणकारी कोष, स्टुडेन्ट हेल्प डेस्क, विजनेश प्रवर्द्धन र सामुहिक लगानीजस्ता आयोजना विस्तारमा सहयोग गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
सुवेदीले निर्वाचनमा पराजित भए पनि आफुले गैरआवासीय नेपाली र नेपालको समृद्धिका लागि निरन्तर क्रियाशिल रहेन प्रतिबद्धतासमेत उनले जनाएका छन् ।

गैरआवासीय नेपालीहरु सधैं सहमतिका साथ अघि बढ्न गरेको विगतको इतिहास रहेकाले यसपटक पनि सहमतिमै पदाधिकारी चयन हुने सुवेदीको विश्वास छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob