scheduleसोमवार आषाढ़ २९ गते, २०७७

‘अनि हरिभक्त फर्किएनन्’

Haribhakta Katuwal Documentry

काठमाडौं, १८ असार । कवि तथा गीतकार हरिभक्त कटुवालको ८०औँ जन्मदिवसको अवसरमा पुरु लम्साल निर्देशित तथा प्रोल्लास सिन्धुलीयको लेखन रहेको ‘अनि हरिभक्त फर्किएनन्’ डकुमेन्ट्रीको प्रथम प्रदर्शन हुँदैछ ।

कार्यक्रममा कटुवालको १० उत्कृष्ट रचना १० जना कविहरुबाट वाचन गरिने कार्यक्रम समेत रहेको डकुमेन्ट्रीका निर्देशक पुरु लम्सालले जानकारी दिए ।
आज दिउँसो सर्वनाम थिएटर कालिकास्थानमा दिउँसो एक बजे हुने डकुमेन्ट्री प्रदर्शनमा हरिभक्तका केही चर्चित कविता सुन्ने, सुनाउने कार्यक्रमसमेत रहेको लम्सालले जानकारी दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय