scheduleशनिवार आश्विन ४ गते, २०७६

घडीको पछाडी दौडिएको जीवन

सौगात पोखरेल

Saugat Pokharelयसो बजारतिर निस्कियो रोकिएको वा भनौ न आरामले बसेको कोहि भेटिदैन । मात्र दौडिरहेका छन् उनीहरु बेप्रवाह । हतार हतारमा भेटिन्छन् सबै । गाडीका चालकहरु, यात्रीहरु, हाकिमहरु, मास्टरहरु, मजदुरहरु सबै–सबै । खै उनीहरु किन दौडिरहेका छन् ? व्यस्त बजारमा यदि कोहि ठडिएको छ भने बीच बजारमा पूर्वराजा र सहिदका सालिकहरु ठडिएका हुन्छन् ।

उनिहरुले घडिको सुईको पछाडी दौडिरहेका मान्छेहरुलाई हेरेर के सोचिरहेका होलान कुन्नि ?

म आफ्नो बारेमा कम उनीको बारेमा ज्यादा सोच्छु । कारण हामी अरुको खोट देखाएर आफु राम्रो बन्ने संस्कारबाट हुर्किएका हौँ । उनीहरुको भन्दा कत्ति पनि फरक छैन मेरो जिन्दगी । किन लुकाउनु म अरुभन्दा फरक छु भनेर । नढाँटी भन्ने हो भने आफुलाई कुनै एङ्गलबाट नाप्दा पनि मान्छेजस्तो लाग्दैन ।
दिनभर थकाई, तनाव र दवाबमा दिन बितेको घोडाको जस्तो गह्रौ ज्यान बोकेर घर पुग्दा म सोचिरहेको हुन्छु, दिनभरका दौडनुको रहस्य ? खै तपाईहरुले भेट्नु भयो कि नाई थाह छैन ? तर मैले आज सम्म भेटेको छैन । सोच्दासोच्दै कहिलेकाँहि लाग्छ सोच्नै बन्द गरिदिऊँ । फेर्न छाडी दिऊ सास । फगत हामी किन फेरिरहेका छौँ दिनदिनै । मरेर बाँचेको अभिनय गर्न श्वास ? यी प्रश्नहरुको सहि जवाफ मैले आजसम्म भेटेको छैन ।

सायद भोलि मेरा सन्ततिहरुले भेट्ने छन् । अनि गर्ने होलान् मेरा बारेमा नानाभाँती मूल्याङ्कन । जीवनभर गधाझैं जोतिनुको फाईदा हामीलाई कम हाम्रो भावी पुस्तालाई ज्यादा हुने कुरामा कसैको दुईमत नहोला ।
दिनभरीको थकित ज्यानलाई बिसाउँदै साउथ ईण्डीयन मुभि हेरेर सुत्ने दैनिकी बनेको छ आजकाल मेरो । कम्तिमा सुत्नेबेलामा अन्य कुराबाट ध्यान हटाउनका निम्ति बनाएको जबर्जस्त योजना हो । जब टिभिले फिल्म सकिएसी आरामको माग गर्छ । म पनि शरीरलाई आराम दिन निदाउँछु । वा, भनौं न भोलिको लागि गधा झैं लादिन नसकिने भयले सुत्ने गर्छु । कारण बिहान बिहान फेरी घडिको अलरामले खेद्न सुरु गरिहाल्छ ।

व्यावसायी साथीहरुले दिनहुँजसो डिनरको अफर जो गर्छन् । हल्का मदिरा चढाएपछि दिमागमा तनाव भन्ने जिनिस नै हुँदैन । दिमागमा केहि कुरा नखेलेपछि कसरी कष्टकर सपना देखिन्छ र ?

 

सपनाहरु निन्द्रामा नै साह्रै सुन्दर लाग्दा रहेछन् । कहिलेकाँहि आकासमा उडेको सपना देख्छु । कहिले कसैले खेदिरहेको सपना देख्छु । उसैगरी बेतोडले भागिरहेको हुन्छु, जसरी समस्याहरुसँग हामी दैनिकजसो भाग्छौँ । लामो दुरीको अन्तरपछि निन्द्रा खुल्छ त्यो बेला लाग्छ, हामीलाई समयले समस्यासँग भाग्नका लागि राम्रो अभ्यास गराएको छ ।

ऊ बेला बुढा पाकाहरुले त्यसै मान्छेहरुलाई अघिबाट खेद्नुपर्छ भनेका रहेनछन् । हामीलाई घडिले नरोकिकन खेदिरहेको छ । हामी उसकै पदचाप पछ्याउने होडमा उसका पछि–पछि दगुरि रहेका छौँ । जसरी युद्धताका उठाएको मुद्दाले प्रचण्ड बाबुरामलाई लखेटिरहेछ । लाग्छ, सपना निन्द्रामा मात्र सुहाउने रहेछ । जब धरातलमा झरिन्छ । शरीरबाट चिरचिर पसिना आँउछ । सपनामा खेदिएको त्रासले, सपनामा भेटिएको उचाईले, बिर्सिएर पनि सपनाका कुरा सम्झन मन लाग्दैन ।

खै, आजकाल माओवादी नेताहरुले दैनिकी कसरी गुजारिरहेका छन् । उनीहरुलाई हिजो देखाएको सपनाले लखेट्छ होला कि नाई ? आच्या म पनि के कुरा गरिराछु । उनीहरुलाई सपनाको पछि दौडने फुर्सद कहाँ छ र ?

व्यावसायी साथीहरुले दिनहुँजसो डिनरको अफर जो गर्छन् । हल्का मदिरा चढाएपछि दिमागमा तनाव भन्ने जिनिस नै हुँदैन । दिमागमा केहि कुरा नखेलेपछि कसरी कष्टकर सपना देखिन्छ र ?

तर नढाँटी भन्ने हो भने देश नै गिभ एण्ड टेकमा चलिरहेको छ । पदमा बराबर हिस्सा नपाएपछि बजारमा असमझदारी पैदा हुन्छ । जब नेताहरुको गिभ एण्ड टेकमा कुराकानी मिल्छ । अनि सम्झौताका नयाँ ईतिहासहरु बन्दै गएका हुन्छन् ।

हो त घडिले कसलाई पो खेदेको छैन र ? सबैलाई खेदेको छ । सबैलाई चल्नु छ , बजारमा । आजकाल बजार दया, माया, भावना र करुणाले चल्दैन । बरु पैसाले चल्छ । हामी मानवबाट क्रमशः बुख्याचा बन्दै जानुको पछाडि पनि ठूलो हात पैसा कै छ ।

आजकाल सम्बन्धहरु भावनामा आधारित छैनन् । बरु गिभ एण्ड टेकमा चलेको छ । न आजकाल वैवाहिक सम्बन्धहरु घरको टौवा हेरेर, खेतको हल हेरेर नै निर्माण हुन्छ । बरु उ कतिको गतिशील छ भन्ने आधारमा सम्बन्धहरु स्थापित र विस्थापित हुने गर्छ ।

यो कुरा सुनिरहँदा तपाईलाई हावा गफ सुनेको जस्तो पनि लाग्न सक्छ । तर नढाँटी भन्ने हो भने देश नै गिभ एण्ड टेकमा चलिरहेको छ । पदमा बराबर हिस्सा नपाएपछि बजारमा असमझदारी पैदा हुन्छ । जब नेताहरुको गिभ एण्ड टेकमा कुराकानी मिल्छ । अनि सम्झौताका नयाँ ईतिहासहरु बन्दै गएका हुन्छन् । यो तथ्य हामीबाट कहिकतै छिपेको छ जस्तो लाग्दैन । आखिर उनीहरुलाई पनि त समयले लखेटेकै छ अगाडीबाट । त्यसैले सिहदरबार पनि घण्टाघरको पछि पछि बेतोडले दगुरी रहेको छ । जसरी गाउँका झिटी झाम्टा बेचेर धोक्राका धोक्रा सपना बोकेर हजारौँका संख्यामा विमानस्थलतिर लागि रहेका हुन्छन् ।

मनोवैज्ञानिकहरु भन्छन्–‘हरेक कामका पछाडी कारण हुन्छ ।’ तर मैले निरन्तर घडीको पछाडी भाग्नुको कारण भेटिरहेको छैन । त्यती साह्रो नभागे पनि छाक त टार्न सकिन्छ होला नि ? हामी मानव जीवन छाडेर यन्त्रमानव बन्न निरन्तर दौडिरहेका हुन्छौँ । बाटोमा भेटिएकाहरुसँग बोल्ने फुर्सद हुँदैन । जीवन यति धेरै गतिशील छ कि हामीलाई अरुको कुरा सुन्ने फुर्सद हुँदैन । हामीलाई लागेको सत्यमात्र अन्तिम सत्य हो जस्तो लाग्छ ।

यदि त्यसो हुन्थेन भने श्वास फेर्दा पनि अड्कलेर फेर्ने हजुरबाहरुले चलाएका देशमा युवाहरु देश बाँझो छोडेर विदेशमा पसिना बगाउन लाग्न पर्दैनथ्यो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage