scheduleशनिवार आश्विन ४ गते, २०७६

कसले भिडाउँदैछ प्रचण्ड–बाबुरामलाई ?

नवराज सिंखडा
nabaraj simkhada
नवराज सिंखडा ‘जिज्ञासु’

नेपालमा विद्यमान सामन्ती एकात्मक निरंकुश राजतन्त्रको अन्त्य गर्ने सपना देख्दै आइएको थियो । समाजमा एकले अर्कोमाथि गर्ने थिचोमिचो, अन्याय, अत्याचार, शोषण–दमनको अन्त्य गर्न विभिन्न राजनीतिक आन्दोलनहरु पनि भए । तर, राजनीतिक आन्दोलन उत्कर्षमा पुर्याउन नसक्दा आन्दोलन र संघर्षले परिवर्तनलाई संस्थागत सकेन । यो फगत नारामै सिमित भयो ।

राजनीतिक परिवर्तनसँगै सामाजिक, आर्थिक, लैङ्गिक, जातिय र वर्गिय विभेदको अन्त्य गर्ने महान उद्देश्यका साथ १० बर्षे महान जनयुद्ध संचालन गरी गणतन्त्र स्थापना गरेको पार्टी अहिले विभिन्न टुक्रामा विभाजित भएका छन्।

महान जनयुद्धलाइ सञ्चालन गर्न नेतृत्व गरेका प्रचन्ड–बाबुराम एकातिर र किरण अर्कोतिर भएर क्रान्तिको गन्तव्य भेटाउन दौडिरहेका छन् । अन्य सानातिना टुक्राहरु छँदैछन् । प्रचण्ड बाबुरामलाई दक्षिणपन्थी, लालगद्दार जस्ता आरोप लगाएर आफुलाई क्रान्तिकारी भन्दै छुट्टिएको किरण समूह अहिले विप्लवले पनि साथ छाडेपछी वल्लो घाट न पल्लो तिरको भएको कुरा आम मानिसले देखिसकेका छन्।

यता एकीकृत नेकपा माओवादीको नेतृत्व गरिरहेका प्रचन्ड बाबुराममा पनि पटक पटक विभिन्न अन्तरसङ्घर्ष चल्ने गरेको छ। कहिलेकाही त यो अन्तरसंघर्ष गम्भीर मोडमै पुग्छ । पटक–पटक फुटको धक्का बेहोरिसकेको माओवादी पार्टी फेरि कतै फुटन लागेको त हैन ? यस्तो अवस्था पटक–पटक देखिएको छ तर, जे जस्तो भए पनि आजसम्म चुलो छुट्टिन सकेको छैन ।

प्रचण्ड बाबुराम मान्छे नै हैन भन्नेहरुले पनि गाली गर्नलाई यति शक्ति खर्चन्छन् कि प्रचण्ड बाबुराम भनेका सबै कुरा हुन् । बाहिरका त भइहाले पार्टीभित्रैका दुवै पक्षका नन्दी भृंगीहरुको एउटा यस्तो जमात छ जसकाे अस्तित्व प्रचण्ड बाबुराम मिलेको बेला धरापमा पर्छ, कि विवाद कुरेर बस्छन् कि विवाद सृजना गरिदिन्छन् ।

आखिर किन यस्तो अवस्था आइरहन्छ ? प्रचन्ड गलत छ कि बाबुराम भन्ने प्रश्न उठछ। धेरै मानिसले धेरै किसिमका तर्कहरु गर्लान् । कसैले प्रचण्डलाई गलत देख्लान् कसैले बाबुरामलाई। तर, म यहाँ दोष न प्रचण्डको देख्छु न बाबुरामको । यदि प्रचण्ड–बाबुरामको बीचमा मनमुटाव थियो भने १० बर्षे जनयुद्ध आजको अवस्थामा आउँदैनथ्यो होला । त्यसैले दोष त तिनीहरुको छ, जो प्रचन्ड–बाबुरामलाई आपसमा भिडाएर आफ्नो राजनैतिक अभिष्ट पूरा गर्न चाहन्छन् । दोषी तिनीहरु हुन् जो प्रचण्ड बाबुरामको दौराको फेरो समाएर नदी तर्न चाहन्छन् ।

प्रचण्ड बाबुराम मानिस नै हुन् । उनीहरुले पनि गल्ती गर्दछन् । किनकी गल्ती त्यसले गर्छ जसले काम गर्छ । कामै नगर्नेहरुले गल्ती गर्ने कुरा नै भएन । तर यहाँ माओवादी भित्र र बाहिर एउटा यस्तो भीड छ जसले प्रोपोगान्डा गरेर जीवन चलाइरहेका छन् । उनीहरुलाई गाली नगरी यो झुण्डलाई खाएको पनि पच्दैन । प्रचण्ड बाबुरामले बोलेका गरेका केही साना गल्ती कमजोरीहरुमा फुलबुट्टा भरेर बढाइचढाइ गरेर उनीहरुलाई सामाजिक सन्जालहरुमा प्रचार गरेर सामान्य मतभिन्नतालाई यसरी सतहमा ल्याइन्छ कि सानो तिनो भुइचालो नै आएको होस् ।

प्रचण्ड बाबुराम मान्छे नै हैन भन्नेहरुले पनि गाली गर्नलाई यति शक्ति खर्चन्छन् कि प्रचण्ड बाबुराम भनेका सबै कुरा हुन् । बाहिरका त भइहाले पार्टीभित्रैका दुवै पक्षका नन्दी भृंगीहरुको एउटा यस्तो जमात छ जसकाे अस्तित्व प्रचण्ड बाबुराम मिलेको बेला धरापमा पर्छ, कि विवाद कुरेर बस्छन् कि विवाद सृजना गरिदिन्छन् । यसरी कुनै एउटा सानो गल्ती कसैले गर्‍यो भने उसको राजनीतिक सामाजिक जीवन नै सिध्याउन उद्दत हुनेहरु प्रचन्ड बाबुरामको फाटोको प्रमुख कारण हुन् । यसरी नै आसे पासे आउरे बाउरे धुपौरेहरुका कुरा सुन्नु र प्रचण्ड बाबुरामको कमजोरी हो । यस्ता कार्यमा आफुलाई बाबुरामको नजिक देख्नेभन्दा प्रचन्डको नजिक ठान्नेहरु बढी सक्रिय भएको देखिन्छ ।

हामी पालुङटारमा फर्कौं । जनताले संविधान बनाउन मत दिएका बेला विद्रोहको गफ चुट्दा ताली पिट्नेहरु अहिले कुन मुखले नयाँ संविधानका कुरा गरिरहेका छन् ? के त्यतिबेला माओवादीको नेतृत्वमा नयाँ संविधान बनेको भए पार्टी कहाँ हुन्थ्यो र देश कहाँ पुग्थ्यो ?

 

यहाँ, बाबुरामको गल्ती नै छैन, बाबुराम निर्दोष छन्, उनी सतप्रतिशत ठिक छन् भन्न खोजेको हैन । अलि अलि केही मनमुटाव हुँदैमा आफ्ना भनिनेहरुलाई मात्र जम्मा गरेर छलफल गर्नु बाबुरामको कमजोरी हो । उनी अलि छिट्टै तरंगित हुन्छन् । तर बाबुरामको साना तिना गल्ती कमजोरिलाई अनर्गल प्रचार गरेर बाबुरामको राजनीतिक जीवन सिध्याउन आफुलाइ प्रचण्ड पक्ष भनेर चिनाउनेहरु बढी नै सक्रिय छन् । यहाँ व्यक्तिको नकरात्मकलाई प्रोत्साहन गर्नेहरुले सकरात्मक परिवर्तन गरेर समाजलाई अग्रगति देलान् भनेर कसरी विश्वास गर्ने ?

कतिपय सन्दर्भमा बाबुरामले भन्छन्, ‘जब प्रचण्डजी र म बस्छौं । सबै कुरा मिल्छ । तर हामी छुट्टिएपछि वहाँ फेरिनु हुन्छ । वहाँ आफैं फेरिनुहुन्छ कि कसैको दवावमा पर्नुहुन्छ ? मलाई अनुमान गर्न गाह्रो हुन्छ ।’ उनले कसलाई संकेत गर्न लागेका होलान् ? सबै भन्दा धेरै उनले पार्टीभित्रकै एउटा औसरवादी तप्कालाई संकेत गरेको हुनुपर्छ जसले पार्टीभित्रको विवाद बढाएर पानी धमिलो बनाउन पाए धेरै माछा मार्थेँ भनेर लागिरहन्छन् ।

बाबुरामलाई असफल पार्न पार्टीभित्रकै मान्छेहरु सक्रिय छन् । बाबुरामलाई नेतृत्व दिँदा आफूहरु कमजोर हुने भय प्रचण्ड पक्षलाई छ ।जसको उदाहरण अस्ति भएको १६ बुँदे सहमति कार्यन्वयन गराएर बाबुरामलाई पुननिर्माण प्राधिकरणको नेतृत्व दिलाउन चासो नदिनु एउटा हो । केही फरक विचार र केही नयाँ प्रस्ताव पार्टीमा बाबुरामले राख्नेबित्तिकै प्रचण्डको भन्दा पहिले टाउको अरुको दुख्छ अनि बाबुरामले पार्टी फुटाउन लाग्यो भनेर अनर्गल प्रचार हुन थाल्छन्।

आखिर अन्तिममा गएर त्यही प्रस्तावलाई प्राचण्डले ठिक छ भने पछि अन्धाधुन्दा ताली पड्काएर पारित गरिन्छ । बाबुरामले ल्याएको बिषयलाई पनि प्रचण्डले अमृत भनिदिए सबै पिउन तयार हुन्छन् अनि अमृतलाई पनि बिष भनिदिए सबै ले बीस नै सम्झन्छन् । हामी पालुङटारमा फर्कौं । जनताले संविधान बनाउन मत दिएका बेला विद्रोहको गफ चुट्दा ताली पिट्नेहरु अहिले कुन मुखले नयाँ संविधानका कुरा गरिरहेका छन् ? के त्यतिबेला माओवादीको नेतृत्वमा नयाँ संविधान बनेको भए पार्टी कहाँ हुन्थ्यो र देश कहाँ पुग्थ्यो ?

आखिर अन्तिममा गएर त्यही प्रस्तावलाई प्रचण्डले ठिक छ भने पछि अन्धाधुन्दा ताली पड्काएर पारित गरिन्छ । बाबुरामले ल्याएको बिषयलाई पनि प्रचण्डले अमृत भनिदिए सबै पिउन तयार हुन्छन् अनि अमृतलाई पनि बिष भनिदिए सबैले बीस नै सम्झन्छन् ।

यहाँ बाबुरामले हरेक नयाँ प्रस्ताव राख्ने बित्तिकै बाबुरामलाई पार्टी फुटाउन लाग्यो भन्ने आरोप लाग्छ तर, म ती आरोप लगाएर अनर्गल प्रचार गर्नेहरुलाई के भन्न चाहन्छु भने बाबुराम र प्रचण्ड सानातिना मनमुटाव र अन्तरसङ्घर्षले छुट्न सक्दैनन र छुट्नु पनि हुँदैन। यदि फुट्थे भने जनयुद्धकालमै बाबुराममाथि कारबाही हुँदा फुट्थे । विराटनगर सम्मेलन लगत्तै फुट्थे तर फुटेनन् र अब पनि फुट्दैनन । त्यसैले यहाँ स्पष्ट हुन्छ कि एमाओवादीभित्रको अन्तरसङ्घर्ष प्रचण्ड बाबुराम भिडाएर आफ्नो अभिष्ट पूरा गर्न खोज्नेहरुको हो।

 

त्यसैले अलि अलि अन्तरसङ्घर्ष हुँदैमा फुटको हल्ला फिजाएर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने दुस्साहस कसैले नगरौं। बाबुराम र प्रचण्डबीच फाटो आउँदा फुट्दा केही ब्यक्तिहरुलाई त फाइदा होला । उनीहरु बाबुराम प्रचण्डको ठाउँ ओगट्न सफल होलान् तर आम परिवर्तनप्रेमी जनता कदापि खुसी हुन सक्दैनन् । ती सहिदका आत्मा कहिल्यै खुसी हुदैनन अनि ती घाइते र अपाङ्गहरु कहिल्यै खुसी हुन सक्दैनन् ।

यस्तै अन्य सामग्रीहरु आफ्नै फेसबुक वालमा प्राप्त गर्नका लागि हाम्रो आधिकारीक फेसबुक पेजमा लाईक गर्नुहोस् ।

त्यसैले तपाईं हामी एककोबिरुद्ध अर्कोले अनर्गल प्रचार गर्ने हैन । बरु सबैका सानातिना गल्ती कमजोरिहरुलाई औंल्याएर सचेत गराउन अग्रसर बनौं । आफ्नो व्यक्तिगत स्वार्थ भन्दा सिङ्गो पार्टी, देश र जनताको बारेमा सोचौं। कसैका विरुद्ध अनावश्यक बकबक पनि बन्द गरौं र कसैका विरुद्ध हनुमान चालिसा गाउन पनि छाडिदिऔं । मान्छे मान्छे नै हुन्छ । सबलता र दुर्वलतासहित । यहाँ मान्छेलाई मान्छे बन्न दिउँ । अरु समस्या आफैं ठिक हुन्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage