scheduleसोमवार आश्विन ६ गते, २०७६

हृदयाघातका कारण जापानमा एक नेपालीको मृत्यु

shaha-bdr-thapaटोकियो । जापानको कानागावामा बस्दै आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । योकोहामाको होदोगायामा रहेको खुर्सानी इण्डियन रेष्टुरेन्टमा काम गर्दै आएका गोरखा बुङ्कोट २ का शाहबहादुर थापाको हृदयघातका कारण मृत्यु भएको हो ।

सन् २००९ मा कुक भिसामा जापान गएका थापाको राती एक्कासी बेहोस भएपछि राती नै एम्बुलेन्समा अस्पताल पुर्याइएको थियो । श्रीमती र एक छोरीको साथमा बस्दै आएका थापा बेलुकाको खाना खाएर परिवारसँग कुरा गर्दै गर्दा एक्कासी बेहोस भइ ढल्न पुगेका थिए ।

अस्पतालका अनुसार थापाको हृदयघातका कारण मृत्यु भएको हो । ६ वर्षअघि रेष्टुरेन्टका काम गर्नको लागि कुक भिसामा जापान आएका थापाको श्रीमती र दुई छोरी छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage