scheduleशनिवार आश्विन ४ गते, २०७६

फेसबुक चलाउनुहुन्छ, कतै तपाईंलाई ‘फ्याड’ त भएको छैन ?

फेसबुकसँग सायदै मानिस अपरिचित होलान् । तर, सबैभन्दा लोकप्रिय सामाजिक सञ्जालका केही यस्ता रोचक तथ्य छन्, जुनकुरा तपाईलाई जानकारी नहुन सक्छ । यस्तै १५ वटा रोचक तथ्य प्रस्तुत गरेका छौं ।

फेसबुकको रंग यसकारण निलो

फेसबुकको रंग किन निलो हुन्छ, यसरी कहिल्यै सोच्नु भएको छ ? फेसबुकको रंग निलो हुनुको पनि विशेष कारण छ । तपाईंलाई जानकारी रहोस् फेसबुकका मालिक मार्क जुकरबर्ग निलो रंगमात्रै सजिलै देख्न सक्छन् । जुकरबर्गले रातो/हरियो जस्ता रंगहरु सहजै देख्न नसक्ने भएकाले निलो रंग नै चयन गरिएको हो । उनलाई रातो र हरियोसहित अधिकांश रंगमा ब्लाइन्डनेस छ ।

Facebook-photo

यसरी भेटिन्छ सिधै जुकरबर्गलाई 

फेसबुक लगअन गरेपछि होमपेजमा हुँदा युआरएल https://www.facebook.com आउँछ । त्यसमा केही थपघट गर्दा के हुन्छ भनेर कहिलै जान्ने प्रयास गर्नु भएको छ ? छैन भने त्यसको पछि /4 थपेर हेर्नुस् । केही परिवर्तन आयो ? पक्कै पनि आयो होला । तपाई फेसबुकका मालिक मार्क जुकरबर्गको पेजमा पुग्नु भएको छ ।

mark-zuckerberg 1

जहाँ पुग्नुहुन्छ त्यहीँको नक्सा

फेसबुक नोटिफिकेसन बटनमा एउटा ग्लोब त पक्कै देख्नु भएको होला । तर त्यो ग्लोबमा कहाँको नक्सा देखिन्छ, कहिल्यै ख्याल गर्नुभएको छ ? यो सानो ग्लोबमा पनि विश्वका फरक क्षेत्रमा फरक नक्सा देखिन्छ । फेसबुकले यति सानो ग्लोबमा देखिने नक्सा पनि प्रयोगकर्ता रहेकै क्षेत्रको देखिनेगरी राखिदिएको छ । अब ख्याल गर्नुस्, तपाई र अमेरिकन नागरिककोमा हेर्नुभयो भने फरक–फरक नक्सा देख्नुहुन्छ ।

facebook-globe

जेमा पनि म्यासेन्जर

स्मार्ट फोनको प्रयोगकर्ता हुनुहुन्छ भने पक्कै पनि तपाईं फेसबुक मेसेन्जरसँग परिचित हुनुहुन्छ । अब तपाईंको यो प्रिय म्यासेन्जरको डेक्सटप भर्सन पनि आईसकेको छ । तपाईले डेक्सटप कम्प्युटरमा पनि अब मेसेन्जरको मज्जा लिन सक्नुहुन्छ ।

messenger

मृत्यूपछि के हुन्छ फेसबुक अकाउण्ट ?

मानिसको मृत्यु भएपछि उसको फेसबुक अकाउण्ट के होला ? यसरी सोच्नु भएको छ ? तपाईंले सोचे पनि नसोचे पनि फेसबुकले यस बारेमा सोचेको छ । फेसबुकले यस्ता अकाउण्टहरुलाई मेमोरिलाईज्ड अकाउण्टमा बदल्ने गरेको छ । त्यसका लागि कसैले फेसबुकमा रिपोर्ट भने गर्नुपर्छ । यस्ता अकाउण्टहरुमा कुनै परिवर्तन गर्न सकिन्न । न त फ्रेण्ड थप्न र घटाउन नै । यस्ता अकाउण्टहरुलााई फ्रेण्ड सजेसन र बर्थ डे रिमाइण्डरबाट पनि टाढा राखिने छ ।

facebook-legacy-contact

थाहा छ तपाईले कसलाई ब्लक गर्न सक्नुहुन्न ?

फेसबुकमा तपाईंले जो कोहीलाई पनि ब्लक गर्न सक्छु भन्ने सोच्नुहोला । तर, एक यस्ता व्यक्ति छन्, जसलाई कसैले पनि ब्लक गर्न सक्दैन । ति व्यक्ति अरु कोही नभएर फेसबुकका मालिक मार्क जुकर बर्ग हुन् ।

block-mark-zuckerberg

लेख्नुभयो तर पोष्ट गर्नुभएन ? फेसबुकले रिसर्च गर्छ 
फेसबुकमा पोष्ट गर्न भनेर केही लेख्नु भयो तर, पछि तपाईको मन बदलिएर त्यसलाई पोस्ट नगरी छोडिदिनु भयो भने, कसैले तपाईंले त्यस्तो लेखेको थाहा पाउला ? पाउन्न भन्ने सोच्नु होला । त्यसो हो भने तपाई गलत हुनुहुनेछ । ।।साझापोस्ट।। यस्ता टाइपमात्रै भएका स्टाटसहरुलाई फेसबुकको एउटा टिमले सुक्ष्म ढंगले एनालाईसिस गर्छ । यो पोष्ट के कारण शेयर गरिएन भनेर विश्लेषण गर्दै सो मानिसको मनोविज्ञान जान्ने प्रयास पनि हुने गरेको छ ।

facebook-team

यस्तो छ लाइक बटनको न्वारनको कहानी

फेसबुक लाइक बटनका विषयमा फेसबुक टिमबीच काफी बहस भएको थियो । सुरुमा यसको नाम AWESOME राखिएको थियो । यसलाईपछि Like मा बदलियो । Like फेसबुकको प्रतिद्वन्द्वी साईट FriendFeed सँग मिलेपछि केही झमेला भएको थियो । अहिले यो झमेला सुल्झिसकेको छ ।

facebook-likes
बेकामे पोक
फेसबुकमा अन्य फिचर्ससँगै Poke पनि छ । तर प्राय फेसबुक युजरलाई यसको बारेमा सोध्नु हुन्छ भने सायदैलाई यसको महत्व थाहा होला । किनकी स्वयम् फेसबुकले पनि यसको कुनै मतलव र काम तय गरेको छैन । यसबारे जुकरबर्गले भनिसकेका छन्, ‘हामी फेसबुकमा एउटा यस्तो फिचर्स बनाउन चाहन्थ्यौं, जसको कुनै उद्देश्य र काम नहोस् । यो केबल यस्तै कामविहीन मस्तीको फिचर्स हो ।’

facebook-poke

तपाईलाई फ्याड त भएको छैन नि ?
सायद तपाईंलाई यो जानेर अचम्म लाग्ला फेसबुक एडिक्सनले एक बिमारीको रुप लिइरहेको छ । विश्वमा हर उमेरका लाखौं मानिस फेसबुक एडिक्सन अर्थात फेसबुकको लतबाट ग्रसित छन् । ।।साझापोस्ट।। यस बिमारीको संक्षिप्त नाम FAD हो ।

facebook-fad

अमेरिकापछि भारतमा बढी
मार्च २०१५ सम्मको रिपोर्ट अनुसार विश्वभरमा १.४४ अरब मानिस फेसबुकको प्रयोग गर्छन् । योमध्ये सबैभन्दा बढी अमेरिकन र त्यसपछि भारतीय छन् ।

facebook-drone

सबैभन्दा बढी सक्रिय साइट
हरेक १५ मिनेटमा ४.९ करोडभन्दा बढी फेसबुक पोष्ट हुने गरेको छ । हर १० मिनेटमा १ लाख फ्रेण्ड रिक्वेस्ट, हर १ मिनेटमा ५ लाख लाईक तथा हरदिन ३.५ करोडभन्दा बढी फोटो फेसबुकमा अपलोड हुन्छन् ।

facebook-page-and-profile
नेटवर्कमा मात्र हैन पैसामा पनि धनी
मार्क जुकरबर्ग विश्वका सबैभन्दा धनी व्यक्ति मध्ये एक हुन् । २०१५ मा फोर्ब्सले जारी गरेको लिष्टमा ३३.४ अरब डलरका साथ जुकरबर्ग १६औं स्थानमा छन् ।

mark-zuckerberg

दोस्रो कान्छा वर्ष व्यक्ति 

मार्क जुकरबर्ग सन २०१० मा टाइम्स म्यागेजिनको वर्ष व्यक्ति चुनिने दोस्रो कान्छा युवक (२६ वर्ष) बने । १४ मे १९८४ मा उनको जन्म भएको थियो । टाइम्सको वर्ष व्यक्ति बन्ने सबैभन्दा कान्छा युवक भने २५ वर्षीय अमेरिकी विमान चालक चाल्र्स लिंडबर्ग हुन् । उनी सन १९२७ मा वर्ष व्यक्ति चुनिएका थिए ।

mark-zuckerberg 1

यस्तो छ जुकरबर्गको रोचक विवाहको कहानी

मार्क जुकरबर्गको विवाह पनि निकै रोचक अन्दाजमा भएको थियो । १९ मे २०१२ मा क्यालिफोर्नियास्थित उनको घर पछाडी आयोजित पार्टीमा आएका कसैलाई पनि थाहा थिएन कि उनीहरु जुकरबर्गको विवाह समारोहमा सामेल छन् । पाहुनाहरुले अन्य कुनै खुसियालीमा दिइएको पार्टी होला भन्ने सोच्दै थिए । ।।साझापोस्ट।। तब एक्कासी जुकरबर्गले फेसबुकमा आफ्नो रिलेशन अपडेट गरे । तब पार्टीमा उपस्थित सबै पाहुनाहरु एक पटक झसङ्ग भएका थिए । मार्क जुकरबर्गले सोही समारोहबाट प्रिशिला चानलाई जीवनसंगीको रुपमा अपनाए ।

Zuckerberg

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage