scheduleमगलवार कार्तिक २६ गते, २०७६

एनआरएन जापानको चुनाव हुँदै

nrn-japanटोकियो (जापान), ८ साउन । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) जापानको नयाँ नेतृत्वका लागि हुने चुनावमा उपाध्यक्ष पदमा पाँचजनाले उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्षपछिको शक्तिशाली पद उपाध्यक्ष भएकाले अन्य पदमा उम्मेदवारी नदिएको उनीहरुले बताएका छन् ।
आगामी भदौ १३ देखि सुरु हुने गैरआवासीय नेपाली सङ्घ जापानको राष्ट्रिय समन्वय परिषद् (एनसिसी)को अधिवेशनलगत्तै सुरु हुने चुनावमा अध्यक्ष पदमा अहिलेसम्म चारजनाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
अध्यक्षका प्रत्याशीहरुमा चिरञ्जीवी थापा, सुदन थापा, नरबहादुर थापा र तुल्सीराम खरेल हुनुहुन्छ । थापा रेस्टुराँ व्यवसायी र खरेल रेमिट्यान्स व्यवसायी हुन् ।
त्यस्तै विगत आठ वर्षदेखि जापानी कम्पनीमा कार्यरत महिला सङ्गीता अधिकारीसहित देवीलाल भण्डारी, ऋद्धिन्द्र गिरी, तासी लामा र हर्क थापाले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

पहिलो पटक उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी महिला नेत्री अधिकारीले अध्ययन तथा रोजगारीका लागि जापान आएका महिलाको पक्षमा खटिने प्रतिबद्धता जनाएकी छन् भने बाँकी चारैजनाको प्रतिबद्धतामा आपसी एकता र सङ्गठनात्मक शुद्धताका विषयलाई प्राथमिकता दिइएको छ । यी चार विप्रेषण र रेष्टुराँ व्यवसायी हुन् ।

महासचिव पदमा अनुज थापा, सरोज खत्री र जयप्रकाश पण्डितले उम्मेदवारी परेको छ । यी तीनैजना रेष्टुराँ व्यवसायी हुन् । एनआरएन जापानको कोषाध्यक्षमा प्रेम कँडेल, सुमी केसी र राजेन्द्र श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

कोषाध्यक्षमा यसअघि उम्मेदवारी घोषणा गरेका ताराविक्रम बस्नेतले उम्मेदवारी फिर्ता लिएर हालका कोषाध्यक्ष दीपक थापालाई समर्थन गरेका छन् । त्यस्तै, सचिव पदका लागि बुद्धिराज घिमिरे, विष्णुप्रसाद घिमिरे र भवानी पन्तले उम्मेदवारी घोषणा गरेका छन् । डा नेत्रप्रसाद भण्डारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । रासस

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage