scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

धादिङ समाज युएईको सहायता योजना र महाधिवेशनको घोषणा

ds photo

दुबई, १६ साउन । धादिङ समाज युएईको जुलाई ३१ शुक्रबार दुबईको सिन्ध पञ्जाव रेष्टुरेन्टमा बसेको बैठकले सहायता बिमा योजनाका साथै सेप्टेम्बर २५ मा महाधिवेशनको घोषणा गरेको छ ।
समाजका अध्यक्ष भीम कुमार अधिकारीको अध्यक्षतामा बसेको वैठकमा संरक्षक भुवन गुरुङले वैदेशिक रोजगारमा रहेका धादिङबासीहरुको सुरक्षार्थ सहायता बीमा योजना प्रस्तुत गरेका थिए । उक्त योजना अन्तर्गत धादिङ जिल्लाबाट रोजगारीको सिलसिलामा मृत्यु भएका कुनै पनि नागरिकको लागि एक लाख रुपैया र अंगभंग भएको अवस्थामा पचास हजार रुपैया आर्थिक सहयोग गर्ने जनाइएको छ ।
समाजका संरक्षक गुरुङद्वारा प्रस्तुत योजनको विषयमा छलफलमा सहभागी हुँदै संस्थाका संस्थापक लेक बहादुर योञ्जन, उपाध्यक्ष धन पाठक, कोषाध्यक्ष विकास गुरुङ, सदस्य मान खाती, निशा घले, रिता तामाङ, प्रदिप लोहनी, बिनोद अधिकारी, योगेन्द्र माइला थापा, दिपक अधिकारी, धन सिम्खडा, अन्जन न्यौपाने, राम सिम्खडालगायतले उक्त नमुना योग्य र स्वागतपुर्ण भएको भन्दै सम्पूर्ण संघसंस्थाहरुको लागि मार्गदर्शन हुने बताएका थिए ।
धादिङ समाजको उक्त बैठकले यही सेप्टेम्बर २५ का दिन महाधिवेशन गर्ने निर्णय समेत गर्दै युएईमा छरिएर बसेका धादिङबासीहरुलाई सदस्यता लिन समेत आग्रह गरेको छ । बैठकले महाधिवेशनको लागि समाजका संस्थापक लेक बहादुर योन्जनको संयोजकत्वमा धन पाठक र मान खाती सदस्य रहने गरी निर्वाचन समितिको समेत निर्माण गरेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage