scheduleमगलवार आषाढ़ ३० गते, २०७७

प्रधानमन्त्री र राष्ट्रपतिसँग ओली असन्तुष्ट

भन्छन्, 'हामीले त पहिलैदेखि सीमाङ्कनसहितको प्रदेश भनेका थियौं'

काठमाडौं, १९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री आफहरु प्रदेशको नामाङ्कन र सीमांकन टुंग्याएरै संविधान जारी गर्ने पक्षमा रहेको दाबी गरेका छन् ।

KP oliमंगलबार एमाले संसदीय दलको बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले आफूहरु १६ बुँदे सहमति अघि देखि नै प्रदेशको नामाङ्कन र सीमाङ्कन टुंग्याएर संविधान ल्याउने पक्षमा रहेको दाबी गरे ।

साथै उनले एमालेमाथि प्रदेशको सीमाङ्कन बिना संविधान ल्याउन खोजेको आरोपको खण्डन गरे ।

त्यसअघिको बैठकमा पार्टी संसदीय दलका नेतासमेत रहेका ओलीले संविधान निर्माणको विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबाट बाहिर आएका अभिव्यक्तिप्रति आपत्ति जनाए । ‘संविधान जारी गर्ने मिति धकेलेर आफ्नो पदको आयु लम्ब्याउने खालका अभिव्यक्ति स्वीकार्य नहुने ओलीको भनाइ थियो ।

संविधान निर्माणका लागि भएको १६ बुँदे सहमति विरुद्ध राष्ट्रपति यादवले राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गर्दै यसो र त्यसो गर्न निर्देशन दिएको भन्दै ओलीले राष्ट्रपति रामवरण यादवका क्रियाकलापको आलोचना गरे । ओलीले भने, ‘पार्टीलाई निर्देशन दिने कार्य अनुचित मात्रै हैन, राष्ट्रपतिको पदीय मर्यादा विपरित पनि हो ।’

साथै उनले प्रधानमन्त्री कोइरालाको भूमिकाप्रति पनि आशंका व्यक्त गरेको सभासदहरुले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय