scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

न्यू होटल बुद्ध र नयाँ शक्ति

पीडापुरको ‘होटल बुद्ध’ मियाँजीले किनेछन् । खसी काट्न छोडेर होटल चलाउन थालेका मियाँजीले होटलको नामै फेर्न चाहेनन् । बोर्डमा बुद्धको आकर्षक फोटो थियो । पुराना ग्राहकको मोह पनि हुने नै भयो । मियाँजीले होटल बुद्धको अगाडि ‘न्यूँ’ थपे । अल्लाहको नाम जपे । अलिकति भगवान बुद्धलाई पनि पुकारे । काम गर्ने दुईजना केटाले छाडे । दुईजना पुरानै रहे । नयाँ दुईजना केटा थपेर मियाँजीले लामो सास् फेरे । वातावरणलाई नियाले । पुराना होटल मालिक आहाल गाउँका बुद्ध दाहाल सुगरले थल्लिएर होटल बेच्न बाध्य थिए । मियाँजी निरोगी शरीरका मान्छे, निकै आशावादी बने । भने –‘नयाँ शक्तिका साथ अगाडि बढ्छु !’

मदन भण्डारी
मदन भण्डारी

२०६९ जेठ २ गतेको बाढीले मियाँजीको गाउँको घर भत्केको थियो । राम्रै क्षतीपूर्तिको आशा गरेका थिए । कुनै पनि दलमा प्रष्ट नखुलेका मियाँजीको खासै राजनीतिक सिद्धान्त थिएन । सबैले सघाउने आश्वासन दिएका थिए । मियाँजीलाई रबिन्द्र र रामेशको ठूलो भरोसा थियो । तर, घरको क्षतीपूर्ति प्राप्त नहुँदा पूँजीको अभाव भयो । सामान थप्न र काम गर्ने केटाहरुलाई तलब ख्वाउन धौ–धौ हुन थाल्यो । बोर्डमा ‘न्यूँ’ नयाँ अक्षरले थपिए पनि फुङ्ग रङ् उडेको साइनबोर्ड, पुराना बेन्ची–टेबुल, ठुँस्स ढुँडी गनाउने अँध्यारा कोठा । एउटा कोठामा पहिल्यै टोपेकी स्वास्नीले असरल्ल फालेकी ढालको थुप्रो । दुर्गन्ध । होटल चल्ने छाँट थिएन । म भोकले रन्थनिएर त्यहीँ खाजा खान पुगेछु । होटलमा एकाध मान्छे त आउने नै भए ।
‘विपना नभै बाँचिदिने
मेरा प्यारा–प्यारा सपना
म मरे पनि बाँचिरहने
मेरा प्यारा–प्यारा सपना !’
पुरानो रेडियोमा नारायण गोपालको सुमधुर स्वर गुञ्जियो । म केही दिन अगाडि पोखरामा गीतकार शुक गुरुङलाई सम्मान गरिँदाको कार्यक्रमलाई सम्झिन पुगेँ । ‘शुकका शब्दहरु असाध्यै सरल छन्, यति सरल, मलाई लाग्छ–नारायण गोपालले यी गीतहरु गाउने थिएनन् ।’ मञ्चमा बोलिरहेका गनेस पौडेलको यो भनाईप्रति रायबाझीमा मैले ‘साइड टक्’ गरेँ । संगीतलाई पर्गेल्न जान्ने महेश भण्डारीले मसँग सहमति जनाए । गनेसजीको अभिप्राय नारायण गोपालका श्रोताहरु बौद्धिक हुन्छन् । शुकका श्रोताहरु सर्वसाधारण बढी हुन्छन् भन्ने थियो ।

सपना देख्नुपर्छ रे । सबै मान्छे सपना देख्छन् । सपना देखेरै तेन्जिङ्ले विपनामा सगरमाथा चढेछन् । स्वप्नद्रष्टाहरुले नै जनयुद्ध लडेका हुन् र गणतन्त्र सम्भव भएको हो । अहिले हामी फेरि रुन्चे हाँसो हाँस्न विवश छौं ।

‘सपना त थुप्रै थियो
दिउँ कि नदिउँ सानीलाई
विपना त थुप्रै छ है
दिउँ कि नदिउँ नानीलाई !’
सपना देख्नुपर्छ रे । सबै मान्छे सपना देख्छन् । सपना देखेरै तेन्जिङ्ले विपनामा सगरमाथा चढेछन् । स्वप्नद्रष्टाहरुले नै जनयुद्ध लडेका हुन् र गणतन्त्र सम्भव भएको हो । अहिले हामी फेरि रुन्चे हाँसो हाँस्न विवश छौं । गणतन्त्र, जनअधिकारसम्पन्न व्यवस्था होइन रहेछ । एउटा राजा हटेर थुप्रै ‘राजा’ रहेको अवस्थामा अहिले हामी छौं । ०७२ साउनभित्र पनि संविधान आउने भएन । पाटनका पुराना प्रधानहरुले जस्तै यत्तिखेर ठूला चार दलका मुख्य–मुख्य नेताहरु मनपरी गरिरहेका छन् । पाटनका प्रधानहरुले राज्य प्रकाश मल्लका आँखा फोरिदिए । रणजित मल्ललाई पिटेर लखेटे । एक प्रधानकी श्रीमतीसँगको अनुचित सम्बन्धको लान्छना लगाएर विश्वजित मल्ललाई काटे । हाम्रा कतिपय नेताका श्रमितीहरु कुख्यात भएरै श्रीमान्का ख्याति चम्काइरहेका छन् ।
‘यहाँ यस्तै छ, यहाँ यस्तै छ
सबै कुरा भन्दा पनि पैसै ठूलो छ ।’
‘हाम्रो पार्टी त फेरि फुट्ने भो !’ एमाओवादीका दुई कार्यकर्ताले कुरा थाले । छ्याङ्गै बुझिन्थ्यो– दुवै दुई धारका थिए ।
‘प्रचण्ड टालटुले !’ एउटाले भन्यो ।
‘बाबुराम किचकिचे !’ अर्काले भन्यो–‘प्रचण्ड टालटुल गर्दैै अघि बढ्न बाध्य छन् । शान्ति प्रक्रियामा आएपछि चर्को कुरा गरेर मात्रै हुँदैन । कुटनीतिक चातुर्य देखाउनै पर्छ । वैद्य–विप्लवहरुले कुरा बुझेनन् । महान नेताको मूल्यवोध भइरहेको छैन । संविधानको कोर्ष पूरा गर्नैपर्छ ।’

होटलमा मानिसहरु आइरहन्छन् । गईरहन्छन् । होटलको बोर्डको ‘न्यू’ अक्षर नयाँ छ । अरु सबै पुराना छन् । पुरानै स्रोत, साधन र पुरानै तौरतरिकाले पीडापुरको नयाँ बुद्ध होटल नयाँ ढंगले चल्ने देखिदैन ।’

वक्ताको कुराले श्रोता रात्तियो । ऊ पनि तात्तियो–‘नीति बाबुरामको, नेता सधैँ प्रचण्ड । के पार्टी प्रचण्डको बाबुको विर्ता हो ? प्रचण्डले नेतृत्व छोड्नुपर्छ होइन भने बाबुरामले पार्टी फोड्नुपर्छ ।’
दोस्रो रिसाएन । मुसुक्क हाँस्यो । जिब्रोले तलमाथिको दुबै ओंठ भिजायो । आफ्ना कुरामा अरुको चाख जाँच्यो । बोल्यो, ‘एमाओवादी प्रचण्डको बाबुको विर्ता होइन तर यो पार्टी उहाँको आफ्नै पौरखको विशेष आर्जन हो । किशोर नेपालको विश्लेषण सही छ । बाबुराम बेरोजगार युवालाई जागिर खोजिदिन्छन् । प्रचण्डलाई हेरेर युवा रोजगार जागिर छोड्छ । कमरेड, राजनीति होइन, जागिर खाने दाउ गर्दै हुनुहुन्छ ।’
पहिलोले आँखा रातो पारे । मानौं ऊ हान्ने राँगा हो । प्याट्ट टेवुलमा हात बजारे–‘जागिर त म उहिल्यै खान सक्थेँ । बरु मैले त विश्वविद्यालय पठाउन लागिएका भ्रष्टहरुलाई तत्कालै छेक्न खोजेको थिएँ । यी…, अहिले तिनले भ्रष्टाचार गरेर कुम्ल्याएको पैसाले मुद्दा जिते । के यिनले जनताको मन जित्न सक्छन् ? अब नयाँ शक्ति अपरिहार्य छ ।’
‘नयाँ शक्ति बन्ने कुनै आधार छैन…!’ उनीहरुको वार्तामा बाधा पर्यो–‘तपाईँहरुलाई के चिया ल्याउं ?’ दुबैका खल्तीको एक्सरे भयो । दुबै उठे, गए ।
होटलमा मानिसहरु आइरहन्छन् । गईरहन्छन् । होटलको बोर्डको ‘न्यू’ अक्षर नयाँ छ । अरु सबै पुराना छन् । पुरानै स्रोत, साधन र पुरानै तौरतरिकाले पीडापुरको नयाँ बुद्ध होटल नयाँ ढंगले चल्ने देखिदैन ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय