scheduleबुधवार श्रावण १ गते, २०७६

भारतमा नेपाली महिलामाथि निर्मम कुटपीट, कपाल समेत मुण्डन (भिडियोसहित)

Nepali women in manipurकाठमाडौं, २३ साउन । भारतको मणिपुरमा एक नेपाली महिलामाथि निर्मम ढंगले कुटपीट भएको दृष्य सार्वजनिक भएको छ ।

आफ्नै भाषामा गाली गलौज गर्दै एक स्थानीय महिलाले सहाराबिहीन नेपाली महिलालाई  कुटपीट गरिरहेको भिडियोमा देख्न सकिन्छ ।

दुखाइ सहन नसकेर ति अधबैंशे नेपाली महिला ‘एेया आमा’ भन्दै रोइरहेको भिडियो क्लिप्समा देख्न सकिन्छ ।

त्यसक्रममा ति भारतीय महिलाले उनको कपाल पनि जबर्जस्ती काटिदिन्छिन् भने, लौरैलौराले कुटपीट गर्छिन् । घटनाको भिडियो एक प्रत्यक्षदर्शीले  खिचेर युट्युवमा अपलोड गरिदिएका हुन् ।

कुटाइखाने ति महिला नेपाली हुन् भने उनको बोलीबाट पनि थाहा हुन्छ । साथै भारतकै पत्रिका दैनिक भाष्करको अनलाइन संस्करणमा पनि सो भिडियो राखिएको छ ।

गल्ति नै गरेको भएपनि प्रहरी प्रशासनलाई बुझाउन सकिन्थ्यो । एक्ली सहाराबिहीन महिलामाथिको कुटपीट निकै निन्दनीय कुरा हो ।

भिडियो हेर्नुस् 

दैनिक भाष्करमा राखिएको भिडियो:

मणिपुर में नेपाली महिला से बुरी तरह मारपीट, बाल भी काटे

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob