scheduleशनिवार आश्विन ४ गते, २०७६

अब १० सेकेण्ड प्रविधिको प्रयोग गरेर हटाउनुस् डण्डिफोर !

एजेन्सी । पिम्पल्स (डण्डिफोर) को समस्या कुनै न कुनै समयमा नभेकका मानिस सायदै होलान् । कतिपयको त डण्डिफोरले अनुहार नै कुरुप बनाइदिएका उदाहरण पनि प्रसस्तै पाइन्छ ।
Pimple
यसलाई हटाउनका लागि ट्रिटमेन्ट तथा विभिन्न क्रिमहरुको प्रयोग गरेर थाकिसक्नुभयो ? त्यसो हो भने तपाईंका लागि खुसी खबर छ । अब प्रविधिको प्रयोग गरेर अनुहारको डण्डिफोर २४ घण्टामै निको पार्न सकिन्छ ।

आजहामी तपाईंलाई डण्डिफोर निको पार्ने ग्याजेटको बारेमा जानकारी दिँदैछौं ।
Pimple remover
अहिले बजारमा पीम्पल्स रिमुभर ग्याजेट आएको छ । यसको प्रयोगबाट केही घण्टामै डण्डिफोरबाट छुट्कारा बपाउन सकिन्छ । यस डिभाइसलाई अन गरेपछि त्यहाँ एउटा लाईट बल्छ । त्यो लाइटलाई १० सेकेण्डसम्म डण्डिफोरमा राख्नुस् । यसो गर्दा त्यो लाईटले ब्याक्टेरिया मार्छ अनि डण्डिफोर फुट्न थाल्छ । यसक्रममा तपाईंलाई कुनै किसिमको दुखाइको पनि महसुस हुँदैन ।

यस ग्याजेटको प्रयोगबाट २४ घण्टामा ८१ प्रतिशतसम्म डण्डिफोर निको पार्न सकिन्छ । त्यो पनि मात्र १० सेकेण्डको उपचारले । यसको मूल्य नेपाली बजारमा १५ देखि २० हजार रुपैयाँसम्म पर्नेछ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage