scheduleबिहिवार आश्विन ८ गते, २०७७

यसकारण फेसबुकमा मोबाइल नम्बर नराख्नुस् !

एजेन्सी । फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई फेसबुक प्रोफाइलमा मोबाइल नम्बर राख्न प्रोत्साहित गर्छ । तर, यस्तो गर्नुको मतलब तपाईंको गोपनियता सकिनु हो ।

फेसबुकको सर्च बक्समा तपाईंको फोन नम्बर राखेर जो कोहीले पनि तपाईंबारे जानकारी लिनसक्छ । तपाईंले प्राइभेसी सेटिङबाट मोबाइल नम्बर हाइड गर्नुभएको छ भने पनि त्यसले कुनै फरक पार्दैन । अब आफैं सोच्नुस्, ह्याकरहरुले के-के जानकारी चोर्न सक्लान ?

Mobile

यसैक्रममा एक कम्प्युटर इन्जिनियरले फेसबुकको कमी-कमजोरी पत्ता लगाउन हजारौं मोबाइल नम्बरहरु फेसबुकको आइपीमा र्‍यान्डम्ली सर्च गरे । बदलामा उनले प्रायको रिजल्ट पनि प्राप्त गरे । उनले यसबारे फेसबुकलाई पनि जानकारी दिइसकेका छन् । तर, फेसबुकका तर्फबाट यस विषयमा कुनै कदम चालिएको छैन ।

फेसबुकमा नयाँ आइडी बनाउँदा मोबाइल नम्बर पनि राख्न लगाइन्छ । साथै पूराना प्रयोगकर्ताहरुलाई पनि फेसबुकले पटक-पटक नोटिफाइड गरेर फोन नम्बर एड गर्न लगाउने गरेको छ ।

हचुवाको भरमा नम्बर राखेकै भरमा पनि ह्याकरहरुले तपाईंको प्रोफाइल पिक्चर, लोकेशन तथा अन्य जानकारीहरु सजिलै लिन सक्छन् ।तपाईंले प्राइभेसी सेटिङ बलियो बनाउनु भएको छ भने पनि कुनै फरक पर्दैन । त्यसैले करोडौं फेसबुक प्रोफाइलहरु ह्याकरहरुका लागि कुनै पनि जानकारी लिन खुल्ला छन् ।

पछिल्लो केही समययता फेसबुकबाट जानकारी लिएर त्यसको दुरुपयोग गर्नेहरु सक्रिय छन् । उनीहरुले तपाईंको तस्वीर तथा नाम र फोन नम्बर लिएर असामाजिक तथा गलत नियत भएका मानिसहरुसँग बाँढ्न सक्छन् ।

यस्तै अन्य सामाग्रीहरु आफ्नै फेसबुक पेजमा प्राप्त गर्नका लागि हाम्रो आधिकारीक फेसबुक पेजमा लाईक गर्नुहोस् ।

एक साइबर सेक्युरिटी फर्मको रिपोर्ट अनुसार पछिल्लो समय फेसबुक तथा ट्वीटर एकाउन्टहरु कुनै बैंकको एटीएम तथा क्रेडिट कार्डभन्दा पनि बढि संवेदनशील र महत्वपूर्ण छन्, यसको उच्च सुरक्षा आवश्यक छ ।

स्मरण रहोस्, पछिलो समय धेरै आपराधिक व्यक्तिहरु पनि फेसबुककै गतिविधिका आधारमा पक्राउ पर्ने गरेका छन् । अपराधीहरु समातिनु त राम्रो कुरा हो तर, यसमा कति गोपनियता रहेछ भन्ने कुरा यसबाट पनि पुष्टी हुन्छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय