scheduleशनिवार श्रावण ४ गते, २०७६

कतारमा २१ नेपालीलाई आममाफी

Qatarदोहा, २८ साउन । कतार सरकारले लागु औषध कारोबार र सेवन गरेको मुद्दामा सजाय तोकिएका दुई नेपाली कैदीको २/२ लाख रियाल (करिब ५६ लाख रुपैयाँ) जरिवाना मिनाहा गरेको छ । सरकारले विभिन्न मुद्दामा जेल परेका बाँकी १९ जनालाई पनि आममाफी दिएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद बिन खालिफा अलथानीले इदको अबसरमा आममाफी दिएका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

नेपाली दुताबासका अनुसार ५६ लाख रुपैयाँ जरिवाना मिनाहा पाउनेमा गणेशबहादुर र अच्युत दराई रहेका छन् । उनीहरुलाई लागु औषध मुद्दामा तीन वर्ष जेल र दुई लाख रियाल जरिवाना तोकेको थियो । उनीहरुलाई सन् २०१३ जुलाई १३ मा जेल चलान गरिएको थियो ।

दुताबासका प्रवक्ता नितेश सापकोटाका अनुसार आममाफी पाउने अरु कैदीहरु चोरी, बलत्कार, ठगी र मादक पदार्थ सेवन गरेको मुद्दामा संलग्न छन् । उनीहरुलाई प्रक्रिया पुर्‍याएर नेपालमा डिपोर्ट गरिने बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob