scheduleशनिवार आश्विन ४ गते, २०७६

गज्जबको आइडिया : अब आफ्नै मोबाइलबाट भगाउनुस् लामखुट्टे !

तपाईंलाई लामखुट्टेले निकै दु:ख दियो ? यसबाट बच्नका लागि के गर्दै हुनुहुन्छ ? झुल वा कुनै केमिकलको प्रयोग पो गर्दै हुनुहुन्छ कि ? अत तपाईंका लागि लामखुट्टे भगाउने अर्को एउट गतिलो बिकल्प जन्मिएको छ ।

Mobile use 1

जसका लागि तपाईंले आफ्नै हातमा रहेको मोबाइल फोन प्रयोग गर्न सक्नुहुन्छ । स्मार्ट फोनका लागि अब एउट एप्स आएको छ, जसले सहजै लामखुट्टै भगाइदिन्छ ।

 

टिट् फर ट्याट आइडिया !

mosquito biting

लामखुट्टेले टोक्ने त छँदैछ, आवाज निकालेर पनि मानिसलाई गर्नुसम्म डिस्टर्व गर्छ । लामखुट्टेको ‘टुनुन् s s s s s s s’ आवाज सायदैलाई मन पर्ला । आवाजले पनि मानिसलाई सताउने लामखुट्टेलाई पनि आवाजकै सहारामा भगाउने ‘टिट् फर ट्याट’ आइडिया हो यो ।

सुरुमा तपाईंको स्मार्टफोनमा Hertzier एप्स डाउनलोड गर्नुहोस् । यो एप्सले एकदमै हाई फ्रिक्वेंसी आवाज निकाल्छ । लामखुट्टेलाई यो आवाज बिलकुल मन पर्दैन । त्यसैले आफैं भाग्न थाल्छ ।

यस एप्सको फ्री भर्जनमा केही साउण्डहरु उपलब्ध छन् । अझै धेरै साउण्डहरु चाहिएमा तपाईंले १ डलर खर्च गरेर प्रिमियम एप्स खरिद गर्न सक्नुहुन्छ । एप्स फ्री र पेड दुबै भर्सनमा उपलब्ध छ ।

यसरी आवाज निकाल्दा त हामीलाई पनि डिस्टर्व होला भन्ने सोच्नुभयो कि ? पीर नमान्नुस्, यो आवाज तपाईं हामीले सुन्न सक्दैनौं । मात्रै लामखुट्टेले सुन्छ । यसको प्रयोग कुकुर र बिरालोलाई टाढा राख्नका लागि पनि हुनसक्छ ।

 

– बीबीसी हिन्दीबाट

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage