scheduleबिहिवार आषाढ़ २५ गते, २०७७

घैंटेको मायावी जाल र प्रहरीको गोली

मृत्यु सबैका लागि अप्रिय तर शाश्वत सत्य हो । अकस्मात् आउने मृत्युसँग फगत एउटा कोलाहल, अशान्ति, बिचल्ली र हाहाकार हुन्छ । सबैले एक दिन मर्नै पर्ने भएकाले यसको चिन्ता गरेर केही हुने त होइन फरक यत्ति हो कि मृत्यु पछि व्यक्त हुने मानवीय संवेदनाको कुरालाई मान्छेको मृत्यु अघिका कर्महरू कस्ता थिए र उसले समाजमा कस्तो खालको छाप छोडेको छ त्यसले नै निर्धारण गर्दो रहेछ ।

प्रसंग घैंटेको मृत्युसँग जोडिएको छ । जतिबेला ऊ जीवित थियो,  ठूला–ठूला व्यापारीदेखि स-साना सैलुन चलाएर बस्नेहरु पनि हप्ते बुझाउन पर्ने, ठेक्कापट्टामा पनि उसकै हालीमुहाली चल्ने भएकाले उ र उसको झुण्डबाट त्रस्त थिए । उसको मृत्यु पछि पनि बन्द, नारा जुलुसको श्रृंखला जारी छ । यसो भन्दै गर्दा म उसको मृत्युसँग खुशी भएको अवश्य होइन,  ऊसँग सरोकार नै नभएको मान्छे हुँदाहुँदै पनि म ऊ मारिनु हुँदैनथ्यो भन्ने पक्षमा छु। सँगसँगै  घैंटेकुमारको जुन प्रवृत्ति हो त्यसको अन्त्य हुनुपर्छ भन्ने मान्यतामा अविचलित पनि उत्तिकै छु ।

यो ठूलो उपलब्धि हो र अब उप्रान्त नेपालमा कुनै डनको उपस्थिती हुँदैन झैँ गर्नेहरु छन् । हिजो चरी मर्दा पनि उनीहरूले  त्यस्तै गरेका थिए । खोई त किन यहाँ डनहरुको जगजगी अझै कायम छ ? अपराध व्यक्ति भन्दा पनि प्रवृत्तिका कारण मौलाउने हो ।

उसको चरित्र जे भए पनि उनलाई जन्म दिने आमा उत्तिकै दुःखी छिन् जत्ति दुःखी तपाई हाम्री आमा हाम्रो मृत्युमा हुन्छिन् । सबैलाई आफ्ना सन्तानको माया बराबर न हुन्छ । तसर्थ, वियोगमा रहेका  उसकी आमा,  श्रीमती अनि इष्टमित्रहरू प्रति मेरो पनि सहानुभूति छ।

दामु पाण्डे
दामु पाण्डे

अहिले एकाथरी मान्छेहरु विजयभावमा फेसबुकको भित्ताहरु भरिरहेका छन्। यो ठूलो उपलब्धि हो र अब उप्रान्त नेपालमा कुनै डनको उपस्थिती हुँदैन झैँ गर्नेहरु छन् । हिजो चरी मर्दा पनि उनीहरूले  त्यस्तै गरेका थिए । खोई त किन यहाँ डनहरुको जगजगी अझै कायम छ ? अपराध व्यक्ति भन्दा पनि प्रवृत्तिका कारण मौलाउने हो । त्यसकारण, घैंटे भन्दा पनि घैँटे प्रवृत्तिको अन्त्य आवश्यक छ । गुण्डा राज फैलिनुमा गुण्डाहरू भन्दा बढी तिनिहरूको संरक्षण गर्ने राजनीतिक नेतृत्व जिम्मेवार छ।

जबसम्म चक्रे मिलन, गणेश लामा वा परशुराम बस्नेतहरूलाई ईश्वर पोखरेल, विजय गच्छदार र केपी ओलीहरुले संरक्षण दिईरहन्छन् तबसम्म प्रहरी इन्काउन्टरको अर्थ रहँदैन ।

घटना लगत्तै जुलुस गर्नेदेखि संसदमा सहिद घोषणा गर्नुपर्ने माग समेत सुनियो । सायद सहिद शब्दको अर्थबोध नभएको होला । संघियतामा सीमाङ्कनको विरोध गर्दै मधेस आन्दोलित भएको चाल नपाउने प्रधानमन्त्री प्रहरी कारबाहीमा गुण्डा नाइके मरेकोमा बालुवाटारमा बैठक डाकिरहेछन् ।

कांगेसको आफ्नै नेतृत्वमा सरकार भएका बेला प्रहरी प्रशासन तानाशाही भयो भन्दै सभासदहरू कुर्लनु राजनीतिक लज्जाको विषय हो। बर्दादेखि हतियार र राजनीतिक संरक्षणको आडमा अपराधिक क्रियाकलाप गरेर कमाएको कालो धन केही समय देखाएको समाजसेवाको पर्दाले ढाकछोप गर्दैमा व्यक्ति बदलिएको भन्न मिल्दैन।

nepali don kumar ghaite

हतियार बोकेर मर्न वा मार्न तयार भएको व्यक्ति प्रहरी इन्काउन्टरमा मारिंदा यतिविघ्न विचलित हुनुपर्ने कारण देखिन्न। घटनामा तीनजना प्रहरीलाई पनि गोली लागेको देखिन्छ । त्यतिबेला उसको गोली नचुकेको भए त्यहाँ तैनाथ प्रहरीहरु पनि त मारिन्थे, त्यतिबेला अहिलेजस्तो मानव अधिकारदेखि सहिद घोषणाको नाटक त पक्कै देखिन्नथ्यो । गुण्डा नाइके घैंटेले हानेको गोली मायावी जाल मात्रै देख्ने तर आत्मरक्षाका लागि चलाएको गोलीमा षड्यन्त्र देख्नेहरुले लज्जा महसुस गर्नुपर्ने हो ।

नमर्नु मरिसकेपछि काल्पनिक समाधान खोजेर सहिद घोषणा, गृहमन्त्रीको राजीनामा माग्नु गैर राजनीतिक चरित्र हो। असल मुद्दा हो भने सरकारको नेतृत्व गरेका आफ्नै सभापति रहेका प्रधानमन्त्रीको नै राजीनामा माग्नु पर्थ्यो। भ्रम सिर्जना गरेर नेपाल प्रहरीलाई दोष थोपर्दै आफ्नै कलङ्कित राजनीतिलाई सफाइ माग अब पच्ने समय छैन।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय