scheduleसोमवार आषाढ़ २९ गते, २०७७

टीकापुरको क्षति, स्वार्थकेन्द्रित राजनीति

ग्रामीण भेगको एकजना सोझो मान्छे । किशोरी छोरी लिएर काठमाण्डूको जुद्ध सडकमा हिँडिरहेको थियो । उसले जुद्धको शुद्ध त्यागबारे पढेको थियो, सुनेको थियो । नब्बे सालको महाभूकम्पको बेला जुद्ध शमशेरले देश र पीडितका लागि चन्दा दिए । सबै इतिहासकारहरूले जुद्धको त्यो मनकरिताको खुलेर प्रसँसा गरेका छन् ।

‘छोरी, यो फराकिलो सडक जुद्ध शमशेरकै फराकिलो मनको निस्सा हो ।’ उनले निकै उत्साहले कथा हाले । भारतीय सेनाका पेन्सनर उनी फौजी स्वभावका आँटिला र जाँगरिला मान्छे थिए ।

एकजना गुण्डोले छोरीलाई धक्याउँदै हिँड्यो । अलि अगाडि बढेर रोकियो । फेरि नानीलाई कुमले धक्यायो । गाला चिमोट्यो ।

‘बाबु, तिमी कति बर्षका भयौ !’
‘एक्काइस बर्षको भएँ ।’
‘अझै तिम्रो बिहे गर्ने उमेर पुग्न ०४ बर्ष बाँकी नै रैछ । मेरी यो छोरी त बल्ल तेह्र बर्षकी भई !’

‘ठूलै मान्छेको छोरो हूँ, टन्नै सम्पति छ, सुड्डो, म तिम्री छोरीलाई सुखैमा पाल्दिन्छु ।’ गुण्डो त झ्याप्पै केटीको पाखुरा पो समात्न पुग्यो । बूढाले चड्याम्म गुण्डोको गाला चड्काई दिए । ङ्याँक्क पारेर एउटै हातले गर्दन अँठ्याउँदै डिएसपी कार्यालयमा पुर्‍याए ।

दुई योद्धाको गोली झिक्ने बेला डाक्टरसँग नदुख्ने औषधी एउटा मात्रै छँदा योद्धाहरु आफ्नो घाउ चिर्न आफूले पेनकिलर लिन नपर्ने, खप्न सक्ने बताउँथे । पेनकिलर अर्काेलाई प्रदान गर्न खोज्थे । साथीलाई बँचाउन आफै मर्न खोज्थे ।

‘साप् यो गुन्डोले मेरै अगाडि मेरी छोरीलाई हातपात गर्‍यो । यसलाई थुन्नु पर्‍यो साप् ! के निवेदन लेख्नु पर्छ म लेखेर दिन्छु ।’
कुर्शीमा बिराजमान साप् मुसुक्क मुस्कुराए । उठेर गुण्डोलाई सम्मानका साथ नमस्ते गरे । ‘हजुर पाल्नोस्!’ सापले दुइ हात तेस्याउँदै ढोकातिर सँकेत गरे । गुण्डो जुरूक्क उठेर खुरक्क गयो ।

लाउरे बूढा अचम्भित हँदै सन्के, ‘होइन साप्, हजुरहरुले कार्बाही गर्नुपर्ने गुण्डालाई मैले समातेर ल्याई निवेदन गर्दा पनि छाडिदिने ? यो के तरिका हो ?’
‘के गर्ने बा, यस्ता मान्छे झ्याप–झ्याप मन्त्री भइहाल्छन् । हामीले पनि आफ्नो जागिर धान्नैपर्‍यो ।’

यो हाँस्य कथामा पुलिसलाई उडाउने व्यँग्य मात्रै छैन । हाम्रा नेता, मन्त्री र गुन्डाराजको सँच्चाई पनि छ । बलात्कारपछि हत्या गरेर मुखमा पिसाब फेरेर हिँड्ने गुण्डाहरु ‘राजनीति’ गरिरहेकै छन् । अड्डा अड्डामा छिन्को काम कैयौं दिन धाउँदा पनि हुँदैन । पैसा खाएर उल्टो न्याय गर्नेहरु ‘सम्मानित’ छन् । अहिले टीकापुरका थारु समुदायद्धारा बीभत्स घटना गराइयो । गर्ने भन्दा गराउने ठूलो हो । टीकापुर काण्डमा ठालूहरुकै ठूलो भूमिका छ भन्ने बुझ्नु गाह्रो छैन । स्वार्थकेन्द्रित राजनीतिकै यो एउटा रुप हो ।

मदन भण्डारी
मदन भण्डारी

स्वार्थ मान्छेको मुख्य गुण हो । मान्छे स्वभावैले स्वार्थी हुन्छ । आ–आफ्नो स्वार्थपूर्तिकै लागि मान्छेले समाज बनायो । विवेकलाई जन्मायो । नैतिकताको सृष्टि गर्‍यो । वन्यजन्तु र प्राकृतिक विपत्तिसँग जुध्नैका लागि मान्छेले मिलेर बस्नु सिकेको हो । आफ्नो स्वार्थ पूरा गर्दा अर्काको स्वार्थमा चोट् पुर्‍याउनु हुँदैन । वीन–वीनमा जान सकिन्छ । लोकतन्त्रको पद्धति त्यही हो । कम्युनिष्टको मर्म त्यही हो ।

हामी चीन र रुसका कम्युनिष्ट इतिहास पढ्छौँ । दुई योद्धाको गोली झिक्ने बेला डाक्टरसँग नदुख्ने औषधी एउटा मात्रै छँदा योद्धाहरु आफ्नो घाउ चिर्न आफूले पेनकिलर लिन नपर्ने, खप्न सक्ने बताउँथे । पेनकिलर अर्काेलाई प्रदान गर्न खोज्थे । साथीलाई बँचाउन आफै मर्न खोज्थे । नेपाली जनयुद्धमा त्यस्ता बिम्व नदेखिएका पनि होइनन् ।

अपशोच ! त्यो बलिदानीको भावनालाई बलियो बनाइएन । स्वार्थकै अधिक्यले कमरेडहरु भीरबाट गिरे । र, अहिले पीरले छटपटाई हरेछन् । प्रचण्ड –बाबुराम स्वर्थले लडिरहेका छन् । स्वार्थकै कारण ‘मिलेर’ बसेका छन् । जतिसुकै सिद्धान्तको जलप लगाइए पनि वैद्य – बाबुराम – प्रचण्ड वा अरु अग्लाईका कमरेडहरु स्वार्थको आपसी तालमेल नमिलेरै फुटेका हुन् ।

गिरीजा–कृष्णप्रसाद लगौँटिया यार । विचार–सिद्धान्त मिल्थ्यो । स्वार्थ मिलेन । फुटे । भट्टराईलाई गिरीजाप्रसादले प्रधानमन्त्रीको कुर्शीबाट अन्यायपूर्ण घोक्रेठ्याक लगाए । भट्टराई रगतको आँसु रुँदै हिँडे । अहिलेको सुशील देउवाको मेल र झगडा स्वार्थ केन्द्रित हो । यसैको विकृत रुप पोखरा ‘बादल’ को हत्याप्रकरण हो । हिन्दुवादी ठूला नेताहरु आफ्नो स्वार्थ माथिकै चोटका कारण हिन्दूत्वको वकालत गर्दैछन् । स्वामी कमल नयनाचार्यले मिडियामा बोले, ‘गिरीजा बाबुले धर्म निरपेक्षताको विरोध नगर्न हात जोडेकैले मौन बसेको हूँ !’ अर्थ प्रष्ट छ – अहिले उनको मानभाउ अलि पुगेनछ ।

माओवादी जनयुद्धको स्थगन र २०६२/०६३ को आन्दोलन पछि ठालूहरुले संकीर्ण निजी स्वार्थलाई यति बढाए कि उनीहरु मान्छेभन्दा स्वार्थको पोको बने । यौनको मामलामा बोको बने । जनताका लागि सभासद शब्द गालीको पर्याय बन्यो ।

डाक्टर, वकिल, प्राध्यापक, सेना, न्यायसेवा वा व्यापार फाँटका स्थार्थपूर्ण लडाइँ झ्वास्सै देखिन्नँ । गोविन्दराज जोशी गृहमन्त्री रहँदा पुलिसमा जागिर खान काङ्ग्रेस भएर मात्रै नपुग्ने, रामचन्द्र पौडेल धारको भए झनै नहुने । गाँठ मात्रै हेर्नेमा जोशीले जोश देखाए । पछिका गृहमन्त्रीहरुमा अपवादले बाहेक सबैले जोशीलाई उछिने । पुलिसमा कस्ता–कस्ता मान्छे होलान् ? छोरी मरेपछि ज्वाइँको सम्पति खोस्न ससुरालीले एउटा गुन्डा खोजेछन् । एकजना काङ्ग्रेसी गुन्डा र अर्का माओवादी धारका वकिलको साठगाँठमा पोखरामा एकजना युवकलाई दुईदिने बिदाका बेला नेल र हत्कडीसहित कस्टडीमा कोचियो ।

पीडितका युवा साथीहरु घाइते बाघ जस्तै घाउ चाटेर बसिरहेका छन् । यस्ता अत्याचारका कथा लेख्दा ठूलठूला ग्रन्थ बन्छन् ।

‘शान्ति–सुरक्षाको जिम्मेवारी बोक्छ हाम्रो प्रहरीले,
‘हत्या, हिंसा, बलात्कार रोक्छ हाम्रो प्रहरीले
अपराधी अलिकति माथ्लो तहको हुनुपर्छ
तन्किएर सलाम ठोक्छ हाम्रो प्रहरीले ।’

पोखरेली मुक्तककार कृष्ण देवकोटा यस्तो लेख्छन् । किन सर्वसाधरणहरु पुलिसलाई यमराज जस्ता देख्छन् ? पुलिस देवदूत जस्तै हो । पुलिस निर्धाेको ठूलो सहयोगी हो । अरु विभागमा हाकिमको ड्युटी सुब्बाले र सुब्वाको ड्युटी खरदारले गरिदिए पुग्छ । सबभन्दा बढी डयुटीमा खटिनु पर्ने पुलिसले हो । डयुटीमा खटिने पुलिसलाई हाक्काहाक्की चाकरीमा आएन भन्ने गृहमन्त्री यही अभागी मुलुकमा छन् ।

कठै !! डयुटी गर्दागर्दै टीकापुरमा लक्ष्मण न्यौपाने सहितका प्रहरीले अकालमा ज्यान गुमाउनु पर्‍यो । आन्दोलनमा सत्ताधारी दलकै सभासदहरु पनि छन् । विरोधमा तिनै छन् । त्यहीँँ चेपिएर प्रहरीले मर्नुपर्‍यो । सुशील दा वीन–वीन भन्न मात्रै जान्दछन् । भीमसेन थापापछि गिरीजा कोइराला सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बनेका थिए । अहिलेका कोइराला सबैभन्दा कमजोर जस्ता देखिएका छन् । डयुटी गर्ने प्रहरीले नामर्दकी जोई जस्तो हुनुपर्‍यो ।

हामी बूढी मरेकीमा भन्दा काल पल्किने डरले पिरोलिएका छौँ । सत्ताधारीहरुसँग संघीयतको मार्ग चित्र छैन । भित्र एकथोक बाहिर अर्काेथोक भन्दै छन् । नितान्त निजी स्थार्थ केन्द्रित राजनीतिका कारण टीकापुरले अपूरणीय क्षती बेहोर्नु पर्‍यो । अब सत्तासीनहरुको घैँटामा घाम लाग्नु पर्छ । अमूक दललाई मधेशमा उभिन नदिने सत्ताधारी–रणनीति पन्पिएरै मधेशका जिम्दारहरु जम्जमाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय