scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

आफ्नो हैसियत जोगाउन नसक्नेले के देश जोगाउँछौ

देशमा संकट बढ्दैछ । अमुक–अमुक आन्दोलनकारीको नाममा दिनहुँ बन्द, हड्ताल भैरहेकै छ । कुन क्षेत्र ? कसले ? के का लागि ? बन्द गरिरहेको छ ? कसैलाई जानकारी छैन । जसलाई जानकारी छ, त्यो पनि सडकमा छैन तर अचम्मको कुरा बन्द, हड्ताल सफल भएकै छ । अझ त्यहि नाममा सवारीसाधन तोडफोड र आन्दोलनकारीका नाममा ५/७ जना गिरफ्तार पनि भैरहेकै छन् । अझ भनौं त्यहि कारण संसदमा राजनितिक ‘बिजनेस’ चलेकै छ ।
शुशील कोईराला,पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपि ओली मात्रै होईन तराई केन्द्रित दलका नेता विजय गच्छदार, उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो अनी काँग्रेस, एमाले र एमाओवादीका छोटे नेताको पनि दैनिक चर्चा यहि कारण भएको छ । चित्रबहादुर केसी र कमल थापाको संघियता बिरोधी र धर्म निरपेक्षता बिरोधी ‘बिजनेस’ त झन सडकदेखि सदनसम्म मौलाउँदै गएको छ । निर्दोष बालकको ज्यान जाओस् वा कर्तब्यपालना गर्ने सुरक्षाकर्मीको ज्यान जाओस् यिनलाई कुनै मतलब छैन । मतलब गर्ने अवस्थापनि छैन । किनकी यिनको हातमा केहि छैन ।

रुद्रप्रसाद भट्ट
रुद्रप्रसाद भट्ट

देशलाई संकटबाट पार लगाउँछु भन्ने राजनीतिका यी छोटा डनहरु आफैं संकटमा छन् । जनताले यिनलाई विस्वास गर्ने कुनै आधार बाँकी छैन, यिनकै आफ्ना भन्नेले पनि यिनलाई ‘बिरालोले दिशा छोडे जस्तै’ छाडिसके । अनि यिनले देशलाई पार लगाउने वा आन्दोलन रोक्ने, आन्दोलनकारीसँग वार्ता र संवाद गर्ने अनी तीनका माग सम्बोधन गर्ने हैसियत पनि राख्दैनन ।

अधिकारका लागि भनेर शुरु गरिएको आन्दोलनले देशमा आगो बल्न थालेको छ । जसको मुद्दा हो त्यसले भन्दा आन्दोलन अर्कैले चलाएको छ । आफ्नो पहिचान र अधिकारका लागि भनेर शुरु गरेको आन्दोलन अहिले समूदाय, जातिय, क्षेत्रिय हुँदै राजनीतिक पार्टी भित्र प्रवेश गरेको छ । काँग्रेसका कार्यकर्ता आफ्नै नेता शेरबहादुर देउवा, अमरेश कुमार सिंहका विरुद्ध छन् भने एमालेका कार्यकर्ता भिम रावल, वामदेव गौतमकाविरुद्ध उत्रिएका छन् । एमाओवादीका कार्यकर्ता प्रचण्ड, लेखराज भट्टका विरुद्ध छन् । आफ्नैले विरोध गर्न थालेपछि अरुले नगर्ने कुरै भएन । त्यसैले अहिले देशको संकट भन्दा आफूमाथि आफ्नैबाट आईपरेको संकट हटाउन यिनलाई हम्मे–हम्मे छ ।

कर्णालीलाई अन्यत्र होईन छुट्टै संघिय राज्य बनाईयोस् भनेर जुम्लामा सुरु भएको आन्दोलनले एक जनाको लियो भने संघिय राज्यमा आफ्नो पहिचानसहित जिल्ला छुटेको वा अन्यत्र पारिएको भनेर गरिएको आन्दोलनमा कैलालीमा निर्दोष बच्चा सहित ७ सुरक्षाकर्मीको ज्यान गयो । त्यसैगरी अधिकार चाहियो भन्ने नाममा तराईमा भएको आन्दोलनमा पनि निर्दोषको ज्यान गैसकेको छ । तर, जनतालाई अधिकार सम्पन्न बनाउँछु भनेर सोझा जनताका नाममा राजनीति गर्नेलाई यसको कुनै ख्याल छैन ।

जनताको काम छैन र आन्दोलनमा निस्केर गोली खाईरहेका छन् भन्ने सोंचमा नेताहरु छन् । चरी वा घैंटेका नाममा समाज आतंकित बनाउने गुण्डा मारिँदा मानव अधिकार आयोग पुग्ने नेताहरु निर्दोष बालक मारिँदा स्वभाविक मानिरहेका छन् ।

संघियता सहितको संविधान निर्माण गर्न प्रायः सबै दलहरु सहमत भैसकेपछि संघिय राज्य कति बनाउने र सीमाङ्कन कहाँ र कसरी गर्ने भन्ने बिषयमा यी झडप र घटनाहरु भएका हुन् । दलका शीर्ष भनिएका टाउका बसेर लहडको भरमा गरिएका विभाजनले अहिले यो स्थिति आएको हो । तर, उनिहरु अझै आफ्ना कारण जनता मरिरहेका छन् भन्ने कुरा मान्न तयार देखिँदैनन । जनताको काम छैन र आन्दोलनमा निस्केर गोली खाईरहेका छन् भन्ने सोंचमा नेताहरु छन् । चरी वा घैंटेका नाममा समाज आतंकित बनाउने गुण्डा मारिँदा मानव अधिकार आयोग पुग्ने नेताहरु निर्दोष बालक मारिँदा स्वभाविक मानिरहेका छन् ।
प्रदेश संख्या र सिमाङकनमा ठुला भनिएकादेखि साना राजनितिक दलका शिर्ष र जिल्ला तहका छोटे नेतासम्मको स्वार्थ जोडिन थालेपछि आन्दोलनको स्वरुप पनि स्वार्थ अनुरुप फरक–फरक हुँदै गएको हो । शिर्ष नेता मात्र बसेर गरेको सहमति मान्य नहुने भनेर तिनकै पार्टीका नेताहरुको अभिब्यक्ति आउनु, आफ्नो जिल्ला टुक्राउन खोजेको भनेर केहि नेताले पत्रकार सम्मेलन नै गर्दै हिँड्नु र आफु अनुकुलको जिल्ला टुक्राएर वा गाभेर छुट्टै संघिय राज्य हुनुपर्ने भन्दै तराई केन्द्रित दलका नेताहरु कुर्लनुले अहिलेको बिषम परिस्थिति जन्मिएको हो । बिषयलाई अन्यत्र मोडेर वा सत्य कुरालाई असत्य बनाउने सूत्र खोजेर मात्र राजनीति गर्ने हाम्रा नेताहरु यतिबेला आफैं संकटमा पर्नुले फेरी परिवर्तनको एजेण्डा जनताबाट गुम्न सक्ने खतरा देखिन्छ ।

त्यसैले राजनीतिक दलका नेताले जनताबाट गुमेको विश्वास फिर्ता ल्याउने र साँच्चै राजनेता बन्ने हो भने आफुभित्रको संकटलाई पहिले हल गर्न आवश्यक छ । आफैं संकटमा भएकोबेला अर्कोलाई संकटमुक्त गर्छु वा देश बनाउँछु भनेर हिँड्यो भने त्यसले जनतालाई बेबकुफ बनाईरहेको छ भनेर बुझ्नुपर्दछ ।

अहिले आफ्नै पार्टी भित्रका नेतालाई उनकै कार्यकर्ताले तथानाम गाली गर्ने जिल्ला जान नदिने र तीनका नाममा सामाजिक सञ्जालमा असभ्य भाषामा गाली गलौज गर्नेक्रम पनि बढेको छ । त्यो भन्दा बढी अहिले तराई केन्द्रित दलका शिर्ष नेता, काँग्रेस एमालेका तराईका नेता तथा एमाओवादीका पश्चिम र सुदुरपश्चिमका नेताका बिरुद्ध बढी गाली गलौज शुरु भएको छ । यसले राजनीतिक दल र तीनका नेताप्रति जनतामा आक्रोश झन बढाउने निश्चित छ । यहि स्थिति रहने हो भने देशले नयाँ संबिधान पाउने वा संघिय प्रदेश बन्ने कुरा पनि जनताकालागि ‘कौवालाई बेल पाक्यो, न हर्ष न बिस्मात’ भने जस्तै हुनेछ ।

त्यसैले, सँधै आडम्बरी कुरा गर्ने र जनताको नाममा स्वार्थको राजनीति गर्ने की साँच्चै जनताको नेता बन्ने भन्ने प्रश्नको जवाफ नेताले आफैं खोज्नुपर्छ । यदि जनताको नेता बन्ने हो भने जनताकै भाषा बोल्नुपर्छ, जनताकै चाहना बुझ्नुपर्छ र जनतासँगै हिँड्नुपर्छ । होईन भने जनताले अब आफ्नो नाममा राजनीति गर्ने नेतालाई जनताले छाड्ने छैनन् । आफु बाँच्ने, आफ्नो राजनीतिक जीवन बचाउने र देशलाई पनि संकटबाट बचाउने हो भने एक अर्का बिरुद्ध आरोप प्रत्यारोप गर्ने भन्दा जनतालाई दिन्छु भनेको अधिकार दिलाउने कुरामा ध्यान पुर्याउन आवश्यक छ ।

त्यसैले राजनीतिक दलका नेताले जनताबाट गुमेको विश्वास फिर्ता ल्याउने र साँच्चै राजनेता बन्ने हो भने आफुभित्रको संकटलाई पहिले हल गर्न आवश्यक छ । आफैं संकटमा भएकोबेला अर्कोलाई संकटमुक्त गर्छु वा देश बनाउँछु भनेर हिँड्यो भने त्यसले जनतालाई बेबकुफ बनाईरहेको छ भनेर बुझ्नुपर्दछ । दुनियाँमा कोहि पनि यस्ता नेता जन्मिएका छैनन् जसले आफुभित्रको संकट हल नगरी देशको संकट हटाउन सकेको होस । यदि कसैले यस्तो दाबी गर्यो भने त्यो ढोंगी र आडम्बरी नेता बाहेक जननेता हुँदै होईन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय