scheduleशनिवार आश्विन ४ गते, २०७६

१२ रेक्टरको कम्पन ल्याउनेगरी विशाल खगोलीय चट्टान पृथ्वीमा ठोक्किने दावी !

नासा भन्छ, 'यसमा विश्वास गर्ने कुनै आधार छैन'

एजेन्सी । आगामी केही साताभित्र एउटा भीमकाय खगोलीय चट्टान पृथ्वीमा ठोक्किने र त्यो पृथ्वीकै अन्त्यको एक कारण बन्न सक्ने भविष्यवाणी केही खगोलविद्हरुले गरेका छन् ।

Giant Rock hitting earth

एस्टेरोइड नामक उक्त चट्टान आगामी सेप्टेम्बरको २१ देखि २८ तारिखको बीचमा पृथ्वीमा ठोक्किने र त्यो पृथ्वीको अन्त्यको कारण बन्न सक्ने केही शंकावादी खगोलविद्हरुको दावी छ ।

Giant Rock hitting earth 2

एक खगोलविद्  एफ्रेन रोड्रिग्वेजले आफूले गरेको अन्यन अमरिकी अन्तरिक्ष संस्था नासालाईसमेत पाठाएका थिए ।

रोड्रिगेजले ‘ब्लड मून प्रोफेसी’ मा आधारित रहेर भविष्यवाणी गरेका हुन् । २८ सेप्टेम्वर उनले भन्ने गरेको ४ ब्लड मूनको अन्तिम साता रहेको बताइएको छ ।

giant Rock hitting earth 1

उनले अमेरिका नियन्त्रित क्यारेबियन टापु पुर्टोरिकोको एक क्षेत्रमा सो विशाल खगोलिय चट्टान ठोकिने दावी गरेका छन् । त्यसले १२ रेक्टरस्केलको भूकम्प बराबरको कम्पन ल्याउन सक्ने उनको दावी छ ।

 

रोड्रिग्वेजको दावीमा सत्यता छैन- नासा

यद्यपी नासाले भने रोड्रिग्वेजको भविष्यवाणीमा विश्वास गरिहाल्ने कुनै आधार नरहेको प्रष्ट पारेको छ । नासाका पाउलो सोडासले कुनै खगोलीय पीण्ड तथा चट्टानले तत्काल पृथ्वीमा असर गर्ने सम्भावना नरहेको दावी गरे ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage