scheduleसोमवार आषाढ़ २९ गते, २०७७

जण्ड प्रचण्ड र बबुरा बाबुराम

मदन भण्डारी

अद्वितीय धनुर्धर अर्जुन सामान्य चोरहरुद्वारा बेस्सरी पिटिन्छन् । भगवान कृष्ण गैसकेकाले अर्जुन शक्तिहीन भइसकेका थिए । अर्जुनको केही जोड चल्दैन । महाभारत युद्धपछिको अर्जुनको कथालाई नेपालको दशवर्षे जनयुद्धपछिका नायकहरुले व्यापकतामा सम्झाउँछन् । प्रचण्ड जण्ड जस्ता र बाबुराम बबुरा जस्ता भा’का छन् । सामान्यजनका चड्कन खा’का छन् । लाग्छ चेत पा’का छैनन् । जनतारुपी भगवानसँग यी टाढिएका छन् । अरु–अरुझैँ माथि चढेँ भन्दै तल झरेका छन् । प्रचण्ड कहिले उपेन्द्रसँग, कहिले केपीसँग ‘होला कि ! को बुलाकी’ लाउन खोज्दैछन् । बाबुराम कहिले नयाँ शक्तिको, कहिले पुरानै विप्लवको सम्भावनाबारे फलाक्दै छन् । ‘बिग्रेको मान्छे भत्केको घर; जता हेर्‍यो उतै दैलो !’

 

मदन भण्डारी
मदन भण्डारी

सुधीर शर्माको पुस्तक ‘प्रयोगशाला’ पछि प्रचण्ड–बाबुरामको राष्ट्रवादप्रति मान्छेहरुमा शंका पैदा भयो । शंकाले लंका डढ्दै गयो । त्यसअघि पार्टी पङ्क्ति भित्रै बाबुरामजीलाई शंकाको घेराभित्र राखिएको थियो । त्यसको आधार भारत परस्तता थियो । नेपाली राष्ट्रवाद भन्नु नै भारतको शाब्दिक विरोध हो । सबै पार्टीका सबै नेताहरु भारतको विरोध उरालेर चर्चामा आए, पछि उतैको भक्तिमा लम्पसार परेर खाए; सिद्धिए ।

अहिलेको अनेक आन्दोलनले धर्म र राष्ट्रियताको नवीन परिभाषा खोज्दै छ । यो अत्यन्त रमाइलो पक्ष हो । निरंकुश, क्रुर, आततायी गालीका अनेक शब्द उफारिए पनि टीकापुरका थारुहरुले राष्ट्रियताको नयाँ परिभाषा खोजेका छन् । काठमाडौंमा हिन्दूवादी युवाहरुले धर्मको नयाँ परिभाषा गर्दैछन् । सबैले चेतना छरे । त्याग गर्न खोजी मञ्जुर भएन ।

बाबुराम लेख्छन्, ‘राजा वीरेन्द्रको सापेक्ष देशभक्तिको भावना र उदार राजनीतिक चरित्र नै साम्राज्यवादी र विस्तारवादीहरुको आँखामा उनको सबभन्दा ठूलो ‘कमजोरी’ र ‘अपराध’ थियो ।’ भारत सामु घुँडा नटेक्ने राजाको देशभक्तिलाई उनले खुलेर प्रशंसा गरेका छन् ।

 

काठमाडौंमा धर्म रक्षाका खातिर प्राण आहुति गर्नसमेत तयार भई अनसनमा बस्ने युवाहरुको भावना सम्मान लायक छ । ‘राम नाम जपना, पराया माल अपना’ बाट यी युवाहरु माथि उठेका छन् । कहीँ पनि राज्यको उपस्थिति नभेटिने यो बेला उनीहरुको अनसन राष्ट्रलाई फूलको झटारो हुन सक्छ । राज्य डा. गोविन्द के.सी.लाई पनि त ब्वाँसोले भेडालाईझैँ हेर्दैछ ।
२०५८ जेठ २४ को डा. बाबुराम भट्टराईको चर्चित लेख हरेक हिसाबले सन्तुलित थियो/छ । विस्तारवादप्रति उनी प्रष्ट छन् र राष्ट्रवादको निष्ठामा पनि अब्बल देखिन्छन् । ‘नयाँ ‘कोतपर्व’ लाई मान्यता दिनु हुँदैन’ शीर्षात्मक लेखमा बाबुराम लेख्छन्, ‘राजा वीरेन्द्रको सापेक्ष देशभक्तिको भावना र उदार राजनीतिक चरित्र नै साम्राज्यवादी र विस्तारवादीहरुको आँखामा उनको सबभन्दा ठूलो ‘कमजोरी’ र ‘अपराध’ थियो ।’ भारत सामु घुँडा नटेक्ने राजाको देशभक्तिलाई उनले खुलेर प्रशंसा गरेका छन् ।

 

काङ्ग्रेस–एमालेका शहर केन्द्रीत आन्दोलनमा झिँगा भन्किन्थे, मान्छे हुँदैनथे । १२ बुँदे भयो । गिरिजाप्रसाद कोइराला र कमरेड प्रचण्डले हात मिलाए ।

ड्वाङ् ड्वाङ् बम पड्किन्थे । भयको सञ्चारले मुलुक आक्रान्त थियो । मूख्यतः जाली फटाहा र शोषकसामन्तहरु नै बढी थर्कमान थिए । बदमास कहलिएका गाउँगाउँका काङ्ग्रेस–एमालेका नेताहरु जिल्ला सदरमुकाम र सदरमुकाम हुँदै राजधानी थुप्रिएका थिए । काङ्ग्रेस–एमालेका शहर केन्द्रीत आन्दोलनमा झिँगा भन्किन्थे, मान्छे हुँदैनथे । १२ बुँदे भयो । गिरिजाप्रसाद कोइराला र कमरेड प्रचण्डले हात मिलाए । प्रचण्ड नेपाली जनताका आशाका केन्द्र बने । २०६७ वैशाख १८ को प्रचण्ड–आह्वानमा देश जुरुक्क उचालियो ।

प्रचण्डको व्यक्तित्वको वैशाखीमा उभिएका क्रान्तिकारी नेताहरु ‘महान’ जस्तै देखिए । अनि काँग्रेस–एमाले–एमाओवादीको फाटो बढ्दै गयो । मधेशका क्षेत्रीय पार्टीहरु बलशाली हुँदै गए । काँग्रेस–एमालेले प्रचण्डलाई टोकाउन मधेशका केही मान्छेलाई बाघ बनाए । तिनै बाघहरु अहिले तीनै पार्टीलाई खान खोज्दै छन् ।
अहिलेका सत्तासीन र एमाओवादी पार्टीले जन–धरातल छाड्दै गएको साँचो हो । संघीयताप्रतिको स्पष्ट दृष्टिकोण अहिलेको खाँचो हो । काँग्रेस–एमाले संघीयताको गन्तव्यतिर कहिल्यै हिँडिरहेका छैनन्, घिस्रिरहेका छन् । एमाओवादी आवश्यकताभन्दा बढी नै दौडियो । लखतरान परेर थन्कियो र अहिले त्यही शैथिल्य देखाउँदै छ । आन्दोलनकारीहरुले के बिराए ? दुलो पाए छिराए !

मधेशका क्षेत्रीय पार्टीहरु बलशाली हुँदै गए । काँग्रेस–एमालेले प्रचण्डलाई टोकाउन मधेशका केही मान्छेलाई बाघ बनाए । तिनै बाघहरु अहिले तीनै पार्टीलाई खान खोज्दै छन् ।

भारत, चीन र युरोपियन युनियनका आ–आफ्ना स्वार्थ होलान् । अझै पनि प्रचण्ड जण्ड जस्ता र बाबुराम बबुराजस्ता नभई कर्तव्य चेतले ओतप्रोत भइदिए सम्भावना बाँकी नै छ । विनासकारी भूकम्पको बेला सेनाका एक जना आफ्नो घर लडेको र परिवार विचल्ली परेको फोन समाचार पाउँदा पाउँदै कर्तव्यमा जुटिरहे । नाबालकलाई बँचाए । आधारभूत नेपाली जनता यतिखेर नाबालाकको हालतमा छन् । डँडेलोमा परिरहेका छन् र भोकमरिले मरिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय