scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

हुँदैन है राजनीति गुण्डा पालेर….

नेपालमा कति युवाहरू छन् ? अब समयले खोजेको छ

इति सम्वत् २०७२ साल भदौ १६ गते बुधवार तदनुसार सन् २०१५ अगस्ट २ तारिख चतुर्थी तिथिका दिन बिहानै टिभीमा देखा पर्दै प्रतिभाशाली युवा नेता गगन थापाले भने–‘अखण्डको आवाज दिने पहिलो व्यक्ति प्रचण्ड हुन् । हाम्रा देउवाजीहरूले पछि त्यसैलाई पच्छयाइदिँदा कुरा बिग्रेको हो ।’
ठीक अघिल्लो बिहान टिभीमै घैँटेको पक्षपोषणमा थापाजी कस्सिएर बोल्दैथे । गुण्डाराजप्रति तीब्र घृणा भरिएको नेपाली मनहरूमा आवेग घोल्दैथे । नेपाली युवा नेताहरू को कति पानीमा छन् ? मिडियाले निर्भीकताकासाथ देखाउनु प्रशंसनीय पाइलो हो ।

Madan Bhandari 1
मदन भण्डारी

चरी र घैँटेको ‘सफाया’ पछि पुलिसप्रति जनमत अलिकति सकरात्मक बनेकै हो । कानूनको वकालत गर्नेहरू पनि चरी–घैँटे मारिनुलाई अनुचित भन्न सकिरहेका छैनन् । योग गुरू रामदेव पनि उपियाँ, उडुस र समाजका चुसुवाहरू मारिनु आवश्यक ठान्दछन् । वीपी कोइराला अनिवार्य हिँसालाई स्वीकार्थे ।

कम्युनिस्टहरूको ‘सफाया’ लाई झारखण्डमा व्यापक जनसमर्थन छ । गुण्डा मारिँदा सर्वसाधारणको ऋषि मन रोएको छैन, हाँसेको छ । अहिले प्लस टु लेवलका विद्यार्थीहरू एक अर्कामा आफूहरूलाई नै ‘घैँटेपार्टी’ र ‘चरीपार्टी’ का भनिरहेका छन् । आश्चर्य ! नरसिङ् केसीहरू घैँटेहरू ब्यूउताउँन हत्ते हालिरहेका छन् । लाग्छ, यसैले पोखरेली परिवेशको आकासमा ‘बादल’ कालो देखिन्छ, घुम्म देखिँदैछ । रामजी पौडेलको परिवारको अनुहार झैं अँधेरो देखिँदैछ ।

ओशो भन्छन्– ‘भारतमा युवाहरू छैनन् । चीनमा केही युवाहरू रहेछन् ।’ सन् १९३६ तिर चीनमा भोकमरी चल्दा अमेरिकाले एक एभ्रो बिमानमा चामल पठाइदिएछ तर चीनका युवाहरूले बिमानको ढोकामै लेखेर टाँसे रे –‘हामीलाई भोक स्वीकार्य छ, भीख स्वीकार्य छैन ।’ नेपालमा कति युवाहरू छन् ? अब समयले खोजेको छ ।

रक्षा–सुरक्षाको क्रममा भएको हत्यालाई कानूनले ठूलो अपराध मान्दैन । आवेशप्रेरित हत्यामा पनि निकै छुट दिइन्छ । टीकापुरमा आवेशप्रेरित मान्छेहरूको विशाल भीड जम्मा भएछ । भीड अन्धो, बहिरो र एकोहोरो हुन्छ ।

बसको पकेटमारलाई वा युवतीसँग अश्लील हाउभाउ गर्नेलाई गोद्न पाउँदा भीड औधी रमाउँछ । ०४६ साले आन्दोलनका बेला पोखरामा एकजना धनाढ्य पञ्चको घर जलाउन भीड उत्ताउलियो । घरमा पुगेको भीडलाई एकजनाले सम्बोधन गर्यो ‘भो, साथी हो ! यो घर नभत्काउँ, नजलाउँ । हाम्रो व्यवस्था आएपछि सार्वजनिक प्रयोगमा ल्याउँला ।’ घर भत्केन । ती पञ्च अहिले ठूलै नेता बनेर उही घरमा बसेका छन् ।

पृथ्वीनारायण क्याम्पसको प्रशासकीय भवनमा तत्कालिन माओवादीहरूले आगो मात्रै झोसेर हिँडे । डडाउने काम त विविध स्वार्थबस थुप्रिएको भीडले गर्यो । टीकापुरमा अनेकको घुसपैठ अवश्य भएको हुँदो हो । भीड प्रायः अनियन्त्रित हुन्छ । तर, बादल हत्यामा संलग्नहरू विशाल भीडका आवेगीहरू थिएनन् । बादललाई चोर–डाँका–फटाहाको आरोप पनि थिएन । र, राजनीतिक छलफलको तातो पनि सेलाइसकेको थियो । घण्टौँ कुरेर, बाटो ढुकेर मारिएका कार्यकर्तालाई सहीद भन्न काङ्ग्रेसीहरू लाजले भुतुक्कै हुन्छन् । ठीकै छ । अचम्म त्यहाँ छ, नेपाली राजनीति त्यतिखेर डाँको छोडेर रून्छ; जतिखेर काङ्ग्रेसीहरू घैँटेलाई सहीद भन्न उद्यत देखिन्छन् ।
ओशो भन्छन्– ‘भारतमा युवाहरू छैनन् । चीनमा केही युवाहरू रहेछन् ।’ सन् १९३६ तिर चीनमा भोकमरी चल्दा अमेरिकाले एक एभ्रो बिमानमा चामल पठाइदिएछ तर चीनका युवाहरूले बिमानको ढोकामै लेखेर टाँसे रे –‘हामीलाई भोक स्वीकार्य छ, भीख स्वीकार्य छैन ।’ नेपालमा कति युवाहरू छन् ? अब समयले खोजेको छ ।

भीमसेन ढुङ्गालाई गुल्ट्याउने र बाघलाई पछार्ने भावना युवा हो । लेनिनलाई सम्झाइयो रे बाबु ! राजतन्त्र पहरो हो, हामी कुइनो हौँ; केही सीप चल्दैन । ठिटो लेनिनले जबाफ दिए रे ‘हो, तर यो पहरो यति जर्जर छ कि मैले राम्ररी एक लात जमाउन पाएँ भने गुल्टिन्छ !’
‘BAD Out’ ०४६ साले आन्दोलनका बेला चाक्सीबारीमा चन्द्रशेखरले भाषण ठोकेपछि नेपाली युवाहरू तात्तिएकै हुन् । वीरेन्द्र–ऐश्वर्य र दीपेन्द्रलाई युवाहरूले तह लगाएकै हुन् र ०६३ मा ज्ञानेन्द्र–पारसलाई लखेटिएकै हो । अब बेला झनै संगीन बनेको छ । यस्तो बेला युवा नेताहरू गुण्डा पालेरै ‘राजनीति’ गर्छन् भने पशुपतिनाथले मात्रै नेपालको रक्षा गर्न सक्दैनन् । मधेशको आगो निभ्दैन । गगनजीकै प्रोत्साहनमा सुशील, केपी र प्रचण्ड क्रमशः नजीकिएका छन् । झन् यै बेलाको गगन–वाणी अलि मिलेन कि ?
कटुवाल काण्ड, रेखा थापासितको नाँच, ‘संघीयतावादीहरू प्रतिरोधमा जाउ’ कपालको जेल आदिलाई प्रचण्ड–विरोधका आधारहरू बनाइएका छन् । प्रचण्डले पनि महात्मा गान्धी र होची मिन्ह पढेकै होलान् तर त्यो सादगी उनको जीवनमा पाँइदैन । आसेपासेको घेरा पनि उनी तोड्न सक्दैनन् तर थापाजीले सबै कुरा छाडेर पुच्छरमा हात गर्नु हुँदैन कि ? अखण्डको हठले संविधान छेकिएको छ । त्यो हठ गर्नेहरूको जमात यहाँकै पार्टीमा बढी छ कि ?

‘जाने बोल, नजाने जिब्राको मोल’ भनिन्छ । प्रचण्डलाई राष्ट्रपति बनाउन प्रस्ताव गरिरहने पनि गगन थापा, अखण्डवादीको बिल्ला भिराउने पनि यहाँ नै । अलि हजम भएन । जनता रगतलाई पेट्रोल बनाएर आगो सल्काउँदै बाघ भएर गर्जिन चाहन्छन् –‘हुँदैन न है राजनीति गुण्डा पालेर !’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय