scheduleसोमवार आश्विन १२ गते, २०७७

सशस्त्र प्रहरी महानिरीक्षकको सुडान भ्रमण यसकारण भएछ रद्द

Kosh-Raj-Ontaकाठमाडौं, १४ भदौ । सुडानमा पहिलोपटक हुन लागेको मेडल परेमा सहभागी हुन जाने तयारीमा रहेका सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तले अन्तिम क्षणमा भ्रमण रद्द गरेका छन् । वन्त १० दिने भ्रमणका लागि आइतबार सुडान जाने तयारीमा थिए ।

स्रोतका अनुसार गृहसचिव सूर्यप्रसाद सिलवालले भ्रमण रद्द गर्न वन्तलाई दिएको निर्देशनमा पुनिर्विचार नगरेपछि उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले नै राक्न आदेश दिनुपरेको थियो ।

यसअघि विभागीय मन्त्री गौतमले नै वन्तको भ्रमण प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गराएका थिए । यसबीचमा कैलालीको टीकापुर घटनापछि पनि वन्दले भ्रमणमा जाने अन्तिम तयारी गरेका थिए । उनले विभागका प्रमुखहरु डाकेर छलफल पनि गरेका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय