scheduleमगलवार फाल्गुन १३ गते, २०७६

१२ दिनपछि घैंटेको पोस्टमार्टम

Kumar Ghaiteकाठमाडौं, १५ भदौ । प्रहरी मुठभेडमा मारिएका डन कुमार घैँटे भनिने कुमार श्रेष्ठको १२ दिनपछि सोमबार पोस्टमार्टम भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरुको रोहवारमा त्रिवि शिक्षण अस्पतालमा घैँटेको पोस्टमार्टम गरिएको हो । डाक्टर हरिहर वस्ती नेतृत्वको चिकित्सकको टोलीले शवको पोस्टमार्टम गरेको हो । पोस्टमार्टममा छातीमा गोली लागेर मृत्यु भएको उल्लेख छ । तर कति गोली लाग्यो प्रष्ट छैन् ।

६ वटाभन्दा बढी गोली लागेको छ, वस्तीले भने, ‘ठ्याक्कै कति वटा लागेको भन्ने विश्लेषण हुन बाँकी छ ।’ कति टाढाबाट गोली हानिएको भन्ने पनि प्रष्ट भएको छैन । एक मिटरभन्दा टाढाको दूरीबाट गोली लाग्दा दूरी प्रष्ट नहुने वस्तीले बताए ।
नयाँ पत्रिका दैनिकमा खबर छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय