scheduleशनिवार आश्विन ४ गते, २०७६

आयो गुगल क्रोमको सुपरफास्ट नयाँ भर्जन, यस्तो छ विशेषता !

एजेन्सी । गूगलले आफ्नो वेब ब्राउजर ‘गुगल क्रोम’मा थप अपडेटसहितको नयाँ भर्जन 45 जारी गरेको छ । यो भर्जन अपडेट गरेपछि ब्राउजरको स्पीड पहिलेको भन्दा निकै बढ्ने तथा र्‍याम र सीपीयु कम युज हुने गुगलको दावी छ ।

सामान्यतया वेब ब्राउजरमा धेरैवटा ट्याब खोल्दा कम्प्युटरको स्पीड ह्वात्तै घट्ने समस्या रहनेगरेको छ । क्रोमले नयाँ अपडेटमा केही ठूला परिवर्तन पनि गरेको छ ।

तपाईंले गुगल क्रोमलाई एक पटक बन्द गरेर फेरि खोल्नुभयो भने पहिले खुलेको ट्याब फेरि खोल्ने अप्सन देखिनेछ, जसले प्रयोगकर्तालाई निकै सहजता प्रदान गर्ने गुगलको विश्वास छ । यसअघि यो सुविधा अप्सनल थियो ।

Chorme 45

साथै अर्को विशेषता भनेको कुनै पनि ट्याबलाई तपाईंले कम युज गर्नुहुन्छ भने निश्चित समयपछि ब्राउजर आफैँले त्यसको मेमोरी युजेज कम गरिदिन्छ, ताकि तपाईंको कम्प्युटर स्लो नहोस् ।

यसैगरी क्रोममा अर्को फिचर पनि एड भएको छ, जसले कम्प्युटर स्लो भएपछि ब्राउजर आफैंले धेरै प्रोसेस लिन बन्द गरिदिनेछ, ताकि कम्प्युटर स्लो नहोस् ।

गूगलले आफ्नो ब्लगमा एउटा भिडियो पनि जारी गरेको छ । जसमा गुगलको पूरानो र नयाँ भर्जनबीच तुलना गरिएको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage