scheduleशनिवार आश्विन ४ गते, २०७६

नेपालमै पहिलो पटक वेब प्रमोशन शिविर सम्पन्न

पोखरा, २१ भदौ । नेपालमै पहिलो पटक फ्री वेब प्रमोशन सम्बन्धी एकदिने सेमिनार पोखरामा सम्पन्न भएको छ । लेकसाईडको ‘न्यू इरा रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस’मा आयोजित कार्यक्रममा विभिन्न संघ-संस्था,  होटेल व्यवसायी, ट्रेकिंग एजेन्सीसहित विज्ञान-प्रविधि संकाय पढ्ने विद्यार्थीहरुको उलेख्य उपस्थिति थियो ।

web seminar

कार्यक्रमलाई काठमाडौंबाट गएका वेब प्रमोसन कन्सल्टेन्ट प्रकाश खतिवडा तथा वेब डेप्लोपर कन्सल्टेन्ट तोरण भट्टराईले सहजीकरण गरेका थिए । कार्यक्रममा ट्रेकिंग एजेन्सी एसोसिएसन ‘टान’ पोखराका सचिव विनय अचार्यको प्रमुख अतिथ्यता थियो ।

सो अवसरमा गजलकार सुमन ‘काले’ले आफ्ना केही चोटिला र श्रृगारिक रचनाहरु सुनाएर मनोरञ्जनसमेत दिलाएका थिए ।

web seminar (2)

 

सो अवसरमा कन्सल्टेन्ट भट्टराईले वेबसाईट के हो, यो किन आवश्यक छ, वेबसाईट बनिसकेपछि यसबाट कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा जानकारी दिएका थिए ।

साथै विगत ७ वर्षदेखि वेब प्रमोशनको क्षेत्रमा काम गर्दै आएका खतिवडाले आइटी क्षेत्र र यसको भविष्यकाबारेमा समेत चर्चा गरेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage