scheduleबुधवार जेष्ठ २१ गते, २०७७

कैलालीबाट सेना ब्यारेक फिर्ता

Nepal Army

काठमाडौं, ११ असोज । कैलालीमा सम्भावित जातीय हिंसा रोक्न परिचालित नेपाली सेना सोमबारदेखि ब्यारेक फिर्ता हुने भएको छ । केन्द्रीय सुरक्षा समितिले केही दिनअघि नै फिर्ता गर्ने सहमति गरे पनि सोमबारदेखि सेना औपचारिक रुपमा ब्यारेक फर्किन लागेको हो ।

मधेसी र थारु नेताले सरकारसँग वार्ताका लागि यसै विषयलाई पूर्वसर्त बनाउँदै आएकोमा त्यो पूरा भएको छ ।

Dish_Home

‘मिति ०७२ भाद्र ७ गते कैलालीको टीकापुरमा स्थानीय प्रशासनलाई सहयोग गर्ने कार्यका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा २ र दफा ६ (ख) मा व्यवस्था भएकोमा सोहीबमोजिम शान्ति सु–व्यवस्था कायम गर्न स्थानीय प्रशासनको लिखित अनुरोधमा नेपाली सेना खटिएको थियो ।’

सैनिक जनसम्पर्क निर्देशनालयले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ,‘हाल टीकापुरको सुरक्षास्थिति सामान्य भएको हुँदा स्थानीय प्रशासनको निर्णयअनुरुप लिखित अनुरोधमा मिति २०७२ असोज ११ गते नेपाली सेना ब्इारेक फिर्ता हुने कार्यक्रम छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय