scheduleबुधवार कार्तिक २७ गते, २०७६

चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता– ‘जस्तुसकै सहयोग गर्न तयार छौं’

Xi jinpingकाठमाडौं, ११ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिंहको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग न्युयोर्कमा शनिबार संक्षिप्त भेटवार्ता भएको छ । संयुक्त राष्ट्र संघको ७० औं महासभाका दौरान चीन र राष्ट्रसंघद्वारा संयुक्त रुपमा आयोजित उच्चस्तरीय राउन्ड टेबल ‘साउथ–साउथ कोअपरेसन’ का अवसरमा उक्त भेट भएको हो ।

राष्ट्रसंघीय महासभामा पहिलो पटक सहभागी चिनियाँ राष्ट्रपति सीले उपप्रधानमन्त्री सिंहसँग भूकम्पपछिको पुनर्निर्माण र नयाँ संवैधानिक विकासमा चीन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका थिए ।

नेपाली प्रमण्डलका एक सदस्यले राष्ट्रपतिको भनाइ उदधृत गर्दै भने, ‘नेपाली जनताको चाहनाअनुरुप चीन सधै नेपालको आर्थिक विकासमा सहयोग गर्न चाहन्छ । ’ उनले अब नेपाललाई आर्थिक विकासमा केन्द्रीत रहन पनि सल्लाह दिएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage