scheduleसोमवार मंसिर २ गते, २०७६

मन्त्रीले संगीताको नाम किन गोप्य राखे ?

minendra-rijalकाठमाडौं, ११ असोज । नेपाल टेलिभिजन सञ्चालक समितिका अध्यक्ष नीर शाह निकालिएका छन् । भदौ ३१ गते सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालाई राजीनामा बुझाएर शाह एकाउक विदेशिएका थिए । शाहलाई राजीनामा नि बाध्य पारेपछि उनको राजीनामा मन्त्री रिजालले असोज १ गतेको मन्त्रिपरिषद्को बैठकमा ठाडो प्रस्तावको रुपमा पेश गरेर नयाँ नियुक्तिको लागि गरेको प्रयास विफल भएको छ ।

एमाले मन्त्रीहरुको विरोध र नयाँ नियुक्ति गर्न लागिएको व्यक्तिको नाम गोप्य राखे पछि प्रस्ताव स्वीकृत हुन नपाएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।

शाहको राजीनामा स्वीकृत गर्दै उक्त स्थानमा होटल द्वारिकाजका मालिक अम्बिका श्रेष्ठकी छोरी संगीता श्रेष्ठलार्य नियुक्ति गर्न मन्त्री रिजालले खोजेका थिए ।
बैठकमा सहभागी मन्त्रीहरुले नयाँ नियुक्ति कसलाई गर्न खोजिएको हो भन्दा मन्त्री रिजालले प्रधानमन्त्रीले भनेकै मान्छेलाई गर्न खोजेको भनि तर्किएको एक मन्त्रीले बताए । संगीता र रिजालको बीचको सम्बन्ध भने सबैलाई आश्चर्य लाग्दो रहेको स्रोतले जनाएको छ ।
एक मन्त्रीले भने– रिजालको उक्त प्रस्तावको बारेमा मन्त्रिपरिषद्मा खासै छलफल भएन । उनले नेपाल टेलिभिजनको अध्यक्षमा नियुक्ति गर्नुपर्यो मात्रै भने ।

बैठकमा राष्ट्रपतिले संविधानसभामा दिने वक्तव्यको बारेमा गहन छलफल भई रहेको बेला मन्त्री रिजालले उक्त प्रस्ताव राखेकोले कुनै निर्णय भएन । साँघु साप्ताहिकमा खबर छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage