scheduleबुधवार कार्तिक २७ गते, २०७६

चीनको समर्थन गरेपछि मधेसी मोर्चाबाट उपेन्द्र फालिंदै !

Upendra Yadavकाठमाडौं, ११ असोज । आन्दोलनका नाममा छिमेकी मित्रराष्ट्र चीन विरुद्ध गतिविधि हुन थालेपछि मधेसी दलहरुबीच फाटो उत्पन्न भएको छ ।

विजयकुमार गच्छदार, महन्थ ठाकुर, उपेन्द्र यादव नेताहरु यतिखेर चीनविरुद्ध गतिविधि गर्दा आन्दोलन कमजोर हुने निष्कर्षमा पुगेका छन् । तर, राजेद्र महतो, जेपी गुप्ता, मातृका यादव लगायतका नेताहरु चीनकै आडमा संविधान जारी भएको भन्दै सबक सिकाउने निष्कर्षमा पुगेका छन् ।

यो विवाद उत्कर्षमा पुगेका कारण भारतका लागि टाउको दुखाइको विषय बनेको छ । भारतको नाकाबन्दीप्पछि अत्यावश्यक सामानहरु उपलब्ध गराउन तयार रहेको चीनले बताएपछि राजेन्द्र महतोहरुले चीनको झण्डा जलाएका थिए ।
तराईमा आफ्नो झण्डा जलाइएपछि चीनले सिधैं भारतसंग आपत्ति जनाएको थियो । त्यसपछि मधेसी दलहरु आपसमा वार्ता गर्ने भन्दै काठमाडौं आएका थिए । यस अघि उनीहरु सरककारसंग काठमाडौंमा वार्ता हुन सक्दैन भन्दै भागिरहेका थिए ।

काठमाडौं आएपछि मधेसी मोर्चाका नेता राजेन्द्र महतो, महन्थ ठाकुर र फोरमका नेता विजयकुमार गच्छदारको बैठक बसेको थियो । सोही बैठकले उपेन्द्र यादवको संघीय फोरमलाई बिदाई गर्ने र मातृक यादव जेपी गुप्तालाई भित्र्याउने योजना बनाएको छ । उपेन्द्र यादवलाई चीन परस्तको आरोप लगाउँदै निकाल्ने तयारी भएको हो ।

स्रोतले भन्यो, ‘अब मधेसी दलको बैठक बस्दा उपेन्द्रको पार्टीलाई आमन्त्रण गरिने छैन ।’ स्रोतका अनुसार राजेन्द्र महताले मातृका यादव र जेपी गुप्ताको पार्टीलाई पनि मोर्चामा सामेल गर्नुपर्ने प्रस्ताव राखेपछि यो अवस्था आएको हो । तरुण साप्ताहिकमा खबर छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage