scheduleबुधवार कार्तिक २७ गते, २०७६

भारतीय नेता यचुरी नै भन्छन्– भारतको हस्तक्षेप ठूलो गल्ती

sitaram Yachuriनयाँदिल्ली, १२ असोज । भारतीय कम्युनिष्ट पार्टी (माक्संवादी) का महासचिव एवं पार्टीको संसदीय समूहका प्रमुख सिताराम येचुरीले ‘झण्डै एक दशक लामो अन्र्तसम्वाद र सहमतिपछि दुई तिहाइभन्दा बढी मतबाट पारित गणतन्त्र नेपालको संविधानलाई खुलेर स्वागत गर्नुको साटो असन्तुष्टी जनाउँदै भारतले आफ्नो छवि धुमिल बनाउने काम गरेको’ बताएका छन् ।

‘लामो समयसम्म अन्तरिम संविधान तथा सरकारको कालखण्डबाट गुज्रिरहेको नेपालमा संविधानसभाबाट संविधान आएको घटना आफैंमा स्वागतयोग्य र उदाहरणीय छ,’ पार्टीको पोलिटब्युरो मिटिङपछि येचुरीले भने, ‘हाम्रो पार्टीले नेपालको संविधानलाई खुलेर स्वागत गरेको छ, संवैधानिक उपलब्धीको यो घडीमा नेपाली जनतालाई बधाइ ज्ञापन गरेको छ ।’

उनले ‘अन्तरिम’ अवस्थाबाट अगाडी बढेर संविधान आउनुलाई आफैंमा ठूलो उपलब्धी भन्दै अब यही संविधानको आडमा असन्तुष्टी र नपुगेका बिषयलाई क्रमश सम्बोधन गर्दै जान सकिने राय सुनाए ।

‘नेपाल आफैंमा एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो,’मोदी सरकारले नेपालको संविधान उपलब्धीमा देखाएको असन्तुष्टीप्रति येचुरीले भने, ‘अत्याधिक बहुमतबाट आएको संविधानको प्रकृया अथवा उपलब्धीलाई लिएर हस्तक्षेपकारी बन्नुको कुनै अर्थ रहन्न । र, कुनै अरु देशको मामलामा यसरी हस्तक्षेप गर्न पनि मिल्दैन ।’ कान्तिपुर दैनिकमा खबर छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage