scheduleसोमवार मंसिर २ गते, २०७६

डेढ महिनादेखिकाे बन्दले जेलिँदै मधेसी गाउँ

बारा, १३ असोज । तराई–मधेसमा चलिरहेको ४६ दिनदेखि आन्दोलनमा सिम्रौनगढ र सिमरा बजारको आ–आफ्नै भोगाइ छ । दक्षिणपूर्वको सिम्रौनगढ र पश्चिमउत्तरको सिमरा बाराका दुई किनारका बजारका हुन् ।

भारतसँग सिमाना जोडिएको सिम्रौनगढ नगरपालिका डेढ महिनादेखि आन्दोलनमा उत्रिएको छ । देहातका ससाना बजारसमेत बन्द छन्, जनजीवन कष्टकर बन्दै गएको छ । यता चुरेको फेदीमा रहेको सिमरा बजारले दक्षिणी क्षेत्रले जस्तो बन्दको सास्ती खेपिरहेको छैन । व्यापार अपार भइरहेको छ । २२ किला मिटर दक्षिणको आर्थिक नगरी वीरगन्जको बसपार्क सिमरामै सरेको अनुभूति हुन्छ । सिमरा–वीरगन्ज सडक खण्डको ललकापुलको उत्तर सिमरातर्फ करिब डेढ किलो मिटर सडकमा खचाखच बस, ट्रक र साना सवारी साधन देखिन्छन् । मधेस आन्दोलन सुरु भएपछि यहाँबाट दैनिक करिब ६० वटा रात्रिबस काठमाडौं, पोखरा, नारायणघाट छुट्ने गरेका छन् ।

पहाडी समुदायको बाहुल्य रहेको सिमराले पछिल्लो समय सिधै राजधानीसँग सम्बन्ध गाँसेको छ । वीरगन्ज, बाराको कलैया लगायतका देहातबाट काठमाडौं जानुपर्ने र काठमाडौंबाट यहाँ झरेकालाई सिमरा ओइरिन्छन् । यात्रुको स्वागत गरिरहेका हुन्छन् मोटरसाइकल ।

बस र सिमरासम्म जहाजबाट आउजाउ गर्नका लागि मोटरसाइकल भरपर्दो यातायात साधन बनेका छन् । १ सय ५० देखि ४ सय रुपैयाँसम्म भाडा लिएर वीरगन्ज, बाराका कलैया लगायतका गाउँमा पुर्याउन मोटरसाइकलवाला तैनाथ भेटिन्छन् । बन्द, हडताल कतिपयका लागि रोजगार सिर्जना भएको छ ।

सिमरामा बजार र यातायात खुलेको छ । यहाँका बालबलिकाको पढाइ मधेस–तराईको आन्दोलनले बिथोलेको छैन । सतहमा सिमरा सब ठिकठाक देखिन्छ । तर बाहिरबाट देखिएजस्तो सुख भने सिमरामा पनि छैन । बन्द हडतालको असर देखिन थालेको छ । ग्यास, पेट्रोलियम पदार्थको अभाव झेल्न थालेका छन् सिमराबासीले । खाद्यान्न जोहो गर्ने चिन्ताले सताउन थालेको स्थानीय राजनीतिककर्मी श्यामबाबु गुप्ता बताउँछन् ।नागरिक दैनिकमा खबर छ ।

सिमराभन्दा करिब ४० किलोमिटर दक्षिणपूर्व सिम्रौनगढको अवस्था बेग्लै छ । कर्नाटक वंशीय राजाको राजधानीको इतिहास बोकेको सिम्रौनगढमा कालो झन्डाले फहराइरहेको छ । आपूmहरूलाई काठमाडौंले पर धकेलिरहेको अनुभव गरिरहेका सिम्रौनगढबासी डेढ महिनादेखि अधिकारको आन्दोलनमा उत्रेका छन् ।

भारतसँग सीमा जोडिएको यो नगरपालिकामा दिनदिनै नाराजुलुस हुने गरेको स्थानीय बताउँछन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage