scheduleमगलवार चैत्र २५ गते, २०७६

एमालेको दबावपछि प्रधानमन्त्रीको आजै राजीना आउने

sushil-kpकाठमाडौं, १५ असोज । सरकारको प्रमुख घटक एमालेले प्रधानमन्त्री सुशील कोइरालालाई आज शुक्रबारै संसद बैठकमार्फत राजीनामा गर्न सुझाव दिएको छ ।

प्रमुख ३ दलको बिहीबार बालुवाटारमा बसेको बैठकमा एमालेले यस्तो दबाब दिएपछि प्रधानमन्त्री कोइराला अन्यौलमा परेको स्रोतले बतायो ।

बालुवाटार बैठकको सुरुमै एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले शुक्रबार संसदमा राजीनामा दिनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री भन् संविधान संशा्धनको विषय टुंङग्याएर रानीनामा दिने तयारीमा छन् ।

Dish_Home

यसैबीच संविधानसभाबाट संविधान जारी भएपछि व्यवस्थापिका संसदको पहिलो अधिवेशन शुक्रबार अपरान्ह सुरु हुदैँ छ । संविधानसभा विघटनयत रुपान्तरित संसदको पहिलोपटक बस्न लागेको अधिवेशनले नयाँ सरकार गठन, राष्ट्रपति, उपराष्ट्रपति र सभामुख, उपसभामुख चयन गर्नेछ ।

पहिलो बैठक आधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र वाचनको औपचारिकतामा सिमिति हुनेछ । कान्तिपुर दैनिकमा खबर छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय