scheduleमगलवार माघ १४ गते, २०७६

चीनसँगको नाकाबारे प्रश्न उठाउँदा अर्थमन्त्रीले जनतालाई ‘पागल’ भने (भिडियोसहित)

Ramsharan_Mahatकाठमाडौं, २१ असोज । भारतले गरेको अघोषित नाकाबन्दीका कारण देश नै ठप्प हुने अवस्थामा पुगिसक्दा पनि तातोपानी नाका खुलाउन सार्थक पहल नगरेको सम्बन्धमा प्रश्न उठाउने एक नागरिकलाई ‘पागल’ को संघ्या दिँदै अर्थमन्त्री डा. रामशरण महत अभद्र शैलीमा आरोपप्रत्यारोपमा उत्रिएका छन् ।

‘न्यूज २४’ मा प्रशारित कार्यक्रम ‘पावर न्यूज’मा तातोपानीका एक स्थानीयले चीनसँगको मुख्य व्यापारिक नाका सुचारु गर्नका लागि अर्थमन्त्री रामशरण महतले पर्याप्त वजेट उपलब्ध नगराएको आरोप लगाएका थिए ।

सो कार्यक्रम हेरिरहेका अर्थमन्त्रीले तुरुन्तै ट्वीटरमा असभ्य र अभद्र टिप्पणी गरे । आफ्नो पदीय मर्यादाको समेत ख्याल नगरी उनले नाका खुलाउन माग गर्ने स्थानीयलाई गरेको गाली यस्तो छ ।

 

त्यसपछि न्यूज २४ ले उनीसँग लाईभ कुराकानी नै गर्यो । त्यसक्रममा पनि उनी त्यस्तै असभ्य र अभद्र शैलीमा प्रस्तुत भए । यदि ति व्यक्तिले गल्ति नै बोलेको भए उनले भद्र शैलीमा त्यसको खण्डन गर्न सक्थे । तर उनी पागल भन्दै अभद्र शैलीमा प्रस्तुत भए ।

भिडियोमा हेर्नुस् उनले के-के भने :

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय