प्रेम परियारकै स्वरमा सुन्नुस् ‘नाई नभन्नु ल-४’ को गीत (भिडियोसहित)
काठमाडौं, ३ कात्तिक । नेपाली फिल्मको इतिहासमा सबैभन्दा बढी सिक्वेलको रेकर्ड कायम गरेको चर्चित फिल्म ‘नाई नभन्नु ल-४’को गीत रिलिज भएको छ । ‘नाई नभन्नु ल-२’ मा ‘मर्ने कसैलाई रहर हुँदैन’ तथा ‘नाई नभन्नु ल’ शीर्ष गीत गाएर चर्चा कमाएका गायक प्रेम परियारकै स्वरमा नयाँ गीत रिलिज भएको हो ।
‘मैना राजा मैना रानी’ बोलको यो गीत पूर्वेली भाकामा रहेको छ ।
हेर्नुस् भिडियो: