scheduleबिहिवार श्रावण २ गते, २०७६

यस्तो छ जमराको वैज्ञानिक महत्व, केही रोगको अचुक औषधी !

काठमाडौं, ५ कात्तिक । आज विजया दशमी, मान्यजनहरुबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरिँदैछ । टीकाको दिन लगाईने जमराको धार्मिक महत्व जति छ, वैज्ञानिक रुपमा पनि यो उत्तिकै महत्वपूर्ण छ ।

Jamaraसंस्कृतमा ‘यव’ भनिने जौ पौष्टिक खाद्यपदार्थ हो । जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधी मानिन्छ । वैदिक ग्रन्थहरुमा जौलाई रोग हटाउने यज्ञ-यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्न अन्नका रुपमा लिइएको छ । यज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिन्छ । पौराणिक ग्रन्थहरुमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजा मानिएको छ ।

गीतामा भगवान श्रीकृष्णले पनि ‘औषधिनामहं यवः’ अर्थात ‘औषधीहरुमा म जौ हुँ’ भनेले पनि यसको महत्त्व पुष्टि हुन्छ । श्रीमद्भागवत महापुराणमा पनि वामन अवताररुपी भगवान विष्णुको पूजा गर्दा लोकपालहरुले जमरा चढाएको प्रसंगबाट के बुझन सकिन्छ भने हिन्दु संस्कृतिमा जमराको महत्व परापूवकालदेखि नै थियो ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्व कम छैन । आयुर्वेदिक ग्रन्थहरुमा जौ र अंकुरित जौबाट गर्नसकिने उपचारहरुको व्यापक उल्लेख भएको पाइन्छ । विविध रोगका लागि जौ उपयुक्त रहेको वैज्ञानिकहरुले पनि पुष्टि गरिसकेका छन् । चिकित्सकहरुका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई दैनिक सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ ।

जमराको रसको सेवनले सौन्दर्यता समेत निखार ल्याउँछ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरुलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले शरीरमा चाँडै शक्तिसञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।

हाम्रा गाउँघरमा अझै पनि दसैंको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अनुसन्धानअनुसार अंकुरित जौ सम्पूर्ण आहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो । अन्य हरिया सागपातमा भन्दा जौ वा अंकुरित जौमा पौष्टिक तत्व तुलनात्मकरुपमा बढी पाइन्छ । भारतीय चिकित्सकहरुले समेत जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरुको सफल उपचार गरिसकेका छन् ।

प्रशस्त औषधीय गुण पाइने हुनाले पनि अंकुरित जौलाई विजयादशमीको प्रसादका रुपमा प्रयोग ल्याइएको हुनुपर्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob