scheduleसोमवार आश्विन ६ गते, २०७६

क्यान्सरबाट बच्न मोटोपन घटाउनुहोस्

fatness after marriage

लण्डन । यदि तपाई बिस्तारै मोटाउँदै जानुभएको छ र क्यान्सरबाट बच्न चाहनुहुन्छ भने आफ्नो तौल घटाउनुपर्दछ । एक नयाँ शोधको निचोडमा यस्तो दावी गरिएको छ । शोधमा ५० लाख भन्दा धेरै मानिसहरुको तथ्यांकको विश्लेषण गरिएको थियो, जसमा मोटोपन र क्यान्सरबीचमा सम्बन्ध भेटिएको थियो ।

डेली मेलमा प्रकाशित एक रिपोर्टका अनुसार, जर्नल लांसेटमा प्रकाशित एक नयाँ सोधमा हरेक वर्ष बेलायतमा मात्र १२ हजार भन्दा बढी नयाँ क्यान्सरको समस्याको कारण तौल धेरै हुनु हो भन्दै निष्कर्ष निकालिएको छ ।

शोधकर्ताहरुका अनुसार, कुनै व्यक्तिको बडी मास इन्डेक्स (बीएमआई)मा हरेक पाँच अंकको वृद्धिका कारण गर्भाशयको क्यान्सरबाट ग्रस्त हुने सम्भावना ६२ प्रतिशत धेरै बढ्दछ र किड्नीको क्यान्सरबाट ग्रस्त हुने सम्भावना २५ प्रतिशतभन्दा धेरै बढ्दछ ।

एनएचएस परामर्शदाता तथा वेट लस विशेषज्ञ सैली नर्टनका अनुसार, ‘अतिरिक्त बोसो तपाईको शरीरको मध्यम भागमा यत्तिकै जम्मा भएर रहन्छ, अपितु यसले कयौं हर्मोनहरुको उत्पादन गर्दछ जसमध्ये एक इस्ट्रोजोन हो ।’ नर्टनका अनुसार महिनावारीपछि जब अण्डाशय हर्मोन उत्पादन गर्न बन्द गर्दछ, तब बोसो पनि इस्ट्रोजोनको प्रमुख स्रोत हुन्छ । यसको अर्थ महिनावारीपछि यस्ता महिलाहरु जो मोटोपनको शिकार छन्, उनीहरुमा इस्ट्रोजनका कारण हुने ट्यूमरको खतरा बढ्दै जान्छ ।’

अतिरिक्त बोसोले स्तन क्यान्सरको खतरा बढाउने मात्रै होइन, यसले औषधोपचारलाई समेत कम प्रभावशाली बनाउँदछ । नर्टनका अनुसार ४१ प्रतिशत गर्भासयको क्यान्सरको कारण मोटापन हुनसक्छ । पुरुषहरुको हकमा मोटोपनका कारण कोलोन क्यान्सरको खतरा बढेर जान्छ । लगभग १० प्रतिशत कोलोन क्यान्सरको सम्बन्ध मोटापनसँग हुन्छ । यसको साथै लिभर क्यान्सरको क्यान्सरसँग पनि मोटोपनको सम्बन्ध देखिएको छ ।
–एजेन्सीहरुको सहयोगमा

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage