scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

चीनले दिने तेल भारतको भन्दा गुणस्तरीय, माईलेज र इञ्जिनको आयु पनि बढ्ने !

petrol-oilकाठमाडौं, ८ कात्तिक । चीनले नेपाललाई उपलब्ध गराउन लागेको पेट्रोलियम पदार्थ भारतले दिँदै आएकोभन्दा गुणस्तरीय हुने भएको छ ।

नेपाल आयल निगमका अनुसार चीनबाट आउने ‘युरो-४’ मापदण्डको तेल भारतले दिँदै आएको भन्दा उच्च गुणस्तरीय हुनेछ । यसले माईलेज बढ्नुका साथै इञ्जिनको आयूसमेत बढाउने छ ।

यसअघि भारतले नेपाललाई ‘यूरो-३’  मापदण्डको तेल दिँदै आएको थियो ।

यूरो-४ यूरोपियन युनियनले आफ्ना सदस्य राष्ट्रहरुमा खपत हुने तेलका लागि तयार पारेको मापदण्ड हो ।

भारतले अघोषित नाकाबन्दी लगाएपछि नेपालले पेट्रोलियम पदार्थ उपलब्ध गराउन चीनसँग आग्रह गरेको थियो । सो आग्रहपछि चीनले सुरुमा तत्कालै १ हजार मेट्रिकटन तेल अनुदानमा उपलब्ध गराउने भएको छ । सो तेल केरुङ नाका हुँदै मंगलबार नेपाल आउने छ ।

भारतले झण्डै १ महिनादेखि लगाउँदै आएको अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय