scheduleमगलवार मंसिर ३ गते, २०७६

सावधान ! प्रशोधित र रातो मासु खाँदा क्यान्सर हुनसक्छ

red and procceed meetएजेन्सी । संसारभरका करिब १० देशका वैज्ञानिकहरुले गहन अनुसन्धानपछि भनेका छन्, प्रशोधन गरिएको र रातो मासु खाँदा क्यान्सर हुन सक्छ । उक्त अनुसन्धानपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) गम्भीर बनेको छ र मासुसम्बन्धी निर्देशिका जारी गर्ने तयारीमा जुटेको छ ।

प्रशोधन गरिएको मासु र रातो मासुसम्बन्धी यस्तो चेतावनी विश्व स्वास्थ्य संगठनले गराएको हो । १० देशका वैज्ञानिकहरुले गरेको गहन अनुसन्धानपछि गरिएको दावीमा उल्लेख गरिएको छ कि चुरोट, रक्सीजस्तै प्रशोधन गरिएको मासु र रातो मासु खाने मानिसलाई पनि क्यान्सरजस्तो रोग हुने सम्भावना बढ्दछ ।

विश्व क्यान्सर अध्ययन केन्द्रका वैज्ञानिकहरुका अनुसार, प्रशोधन गरिएको मासु वा प्याक गरिएको मासुमा धेरै किसिमका रसायनहरु मिसाइएको हुन्छ, जसले इन्टेस्टाइन (अन्ननली)को क्यान्सर हुने सम्भावना बढ्दछ । प्रशोधित गरिएको मासुबाट बनेका परिकारहरु खानाले पनि क्यान्सरजस्तो प्राणघातक रोग हुनसक्छ ।

वैज्ञानिकहरुको यो नयाँ अनुसन्धानपछि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशहरुमा प्रशोधन गरिएको र रातो मासुमाथि नयाँ निर्देशिका जारी गर्ने तयारी गरिरहेको जनाइएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage