scheduleशुक्रवार मंसिर ६ गते, २०७६

फेसबुकमा थपियो उपयोगी सुविधा, यसरी लिनुहोस् लाभ !

एजेन्सी । फेसबुकमा निरन्तर रुपमा केही न केही नयाँ सुविधा थपिइरहेको हुन्छ । उपभोक्ताहरुको माग अनुसार उनीहरुलाई थप सहज बनाउन यस्ता सानातिना परिवर्तन दिन दिनदिनैजसो हुन्छन् । कतिपय हामीले थाहा पाउन सक्छौैं, कतिपय बाहिर नदिने परिवर्तन पनि हुन्छन् ।

यसैक्रममा फेसबुकले एउटा नयाँ र निकै उपयोगी फिचरको सुरुवात गरेको छ । जसबाट फेसबुकका आम प्रयोगकर्ताले लाभ लिन सक्छन् । फेसबुकमा हालै थपिएको नयाँ सुविधा हो, ‘म्यासेज रिक्वेस्ट’ । यो फिचर थपिएसँगै अब तपाईंले आफ्नो फ्रेण्ड लिस्टमा नभएको जो कोहीलाई पनि मेसेज रिक्वेस्ट पठाउन सक्नुहुन्छ ।

Messege Request

हुन त यसअघि पनि साथी नभएकाहरुलाई मेसेज पठाउन सकिने सुविधा थियो । तर, यो एउटा छुट्टै फोल्डरमा गएर बस्थ्यो । कम्प्युटर वा ल्यापटपबाट फेसबुक चलाउनेहरुले यस्ता मेसेज प्राप्त गर्न सक्थे तर, मोबाईलबाट चलाउनेहरुलाई यस्तो मेसेज आएको पत्तोसमेत हुँदैन थियो ।

अब भने तपाईंले आफ्नो फ्रेण्ड लिस्टमा नभएको व्यक्तिलाई मेसेज गर्नुभयो भने उसले मेसेज रिक्वेस्टको नोटिफिकेसन प्राप्त गर्दछ । यदि उसले चाह्यो भने त्यसपछि दोहोरो कुराकानी पनि सम्भव हुन्छ । ननफ्रेण्डले पठाएको मेसेज तपाईंले म्यासेन्जरको टपमा रहेको म्यासेज रिक्वेस्टमा देख्न सक्नुहुनेछ । डेक्सटप भर्जनमा यो फिचर म्यासेन्जर अप्सनमा देखिनेछ ।

यसरी आउने मेसेज रिक्वेस्टमा तपाई‌ंले चाहनुभयो भने रिप्लाई गर्न सक्नुहुन्छ । यदि चित्त बुझेन भने सँधैका लागि ब्लक गरिदिने सुविधापनि तपाईंलाई त्यहीँ प्राप्त हुनेछ । अर्को रोचक कुरा के भने तपाईंले उसको मेसेज बढ्नुभयो भन्ने कुरा सेन्डरलाई पत्तो हुँदैन । मेसेज Seen भएको संकेत उसले प्राप्त गर्न सक्दैन ।

मेसेज रिक्वेस्टको सुविधा तपाईंको मेसेन्जरमा केही दिनमै देखिनेछ । स्मरण रहोस्, फेसबुकका हरेक फिचरहरु एकै पटक सबैका लागि प्राप्त हुँदैन । केहीले यो सुविधा प्राप्त गरिसकेका छन् । तपाईंको मेसेन्जरमा पनि केही दिनमै देखिन सक्छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage