scheduleशुक्रवार माघ १० गते, २०७६

४५ कमरेडलाई फेसबुकबाटै नयाँ शक्तिमा लामबद्ध गराए बाबुरामले

Baburam_Bhattaraiकाठमाडौं, १७ कात्तिक । पार्टी केन्द्रीय कार्याललयमा असहमतिपत्र दर्ता गरेका एमाओवादीका ४५ जना नेताहरुलाई उक्त पार्टीका पूर्वनेता डा.बाबुराम भट्टराईले फेसबुकमार्फत उनीहरुलाई नयाँ शक्तिमा लामबद्ध गराएका छन् ।

मंगलबार एमाओवादीको केन्द्रीय निकायमा रहेका ४५ जना नेताहरुको हस्ताक्षरसहितको नामावली फेसबुकमार्फत सार्वजनिक गर्दै उनले लेखका छन्, ‘नयाँ शक्ति निर्माण अभियानमा लामवद्ध ४५ जना एमाओवादीका केन्द्रीय नेताहरू ।’

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यसअघि नै एक्लै एमाओवादी परित्याग गरेका थिए । मंगलबार वैकल्पिक नयाँ पार्टी बनाउन बहस सुरु गर्ने घोषणा गरेका सबै नेताहरु भट्टराई निकट नेताहरु हुन् ।

यस्तो छ डा भट्टराईको स्टाटस

नयाँ शक्ति निर्माण अभियानमा लामवद्ध ४५ जना एमाओवादीका केन्द्रीय नेताहरू

Posted by Dr. Baburam Bhattarai on Tuesday, November 3, 2015

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय