scheduleमगलवार कार्तिक २६ गते, २०७६

कस्तो बोल्थिन् सभामुख ? हेर्नुहोस् युद्धकालमा ओनसरीको भाषणको भिडियो

काठमाडौं, १८ कात्तिक । नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुखको रुपमा निर्वाचित हुन सफल ओनसरी घर्ती अहिले चर्चाको शिखरमा छन् । उनी युद्धकालमा लडाकूदेखि पार्टीको केन्द्रीय निकायसम्म नेतृत्व तहमा पुगेकी थिइन् ।
सभामुख भएपछि उनले दुईपटक संसदको बैठक सञ्चालन गरिन्, राष्ट्रपतिको निर्वाचनमा र उपराष्ट्रपतिको निर्वाचनमा । तर उनले दुवै पटक बोल्ने क्रममा गम्भीर त्रुटि गरिन् । उनले यसअघि उपसभामुख हुँदा तत्कालीन सभामुख सुवास नेम्वाङबाट बैठक सञ्चालन गर्ने खासै अवसर पाएकी थिइनन् ।
सभामुख घर्तीको त्रुटिबारे टिप्पणी गर्दै पूर्वसभामुख सुवास नेम्वाङले भनेका छन्, ‘काम गर्दाको दौरानमा यस्ता कमजोरी हुन्छन् त्यसलाई ध्यानमा राखेर सच्याएर अगाडी बढ्नुपर्छ ।’ उत्पीडित वर्ग, क्षेत्र र लिंगको प्रतिनिधित्व गर्ने घर्तीको राजनीतिक सफलतालाई सकारात्मक रुपमा लिनुपर्ने आम मानिसको पनि बुझाइ रहेको छ ।

साझापोस्टले युद्धकालमा कमरेड उषाको रुपमा परिचित सभामुख ओनसरी घर्ती एमाओवादीको केन्द्रीय सदस्य तथा बटालियन कमिसार हुँदा लडाकुहरुको कार्यक्रममा दिएको मन्तव्य फेला पारेको छ । हेर्नुहोस् बहुचर्चित लिस्ने भिडन्त अगाडि लडाकू प्रशिक्षण कार्यक्रममा उनले राखेको मन्तव्य :

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित भिडियोहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage