scheduleआइतवार श्रावण ५ गते, २०७६

के तपाईलाई थाहा छ लसुनको यी औषधीय गुण ?

garlic-with-parsley-leaves

खानामा प्राय हामी सबै लसुनको प्रयोग गर्दछौं । घरमा होस् वा होटेलमा, लसुनको प्रयोग सामान्य कुरा हो । यसको प्रयोगले खानाको स्वाद समेत बदल्छ । तर लसुन स्वादका साथसाथै हाम्रो स्वास्थ्यका लागि पनि धेरै लाभदायी हुन्छ । यहाँ लसुनमा हुने औषधीय गुण र यसका फाइदाहरु उल्लेख गरिएको छ ।

  • लसुनले शरीरलाई परजिवीहरु र किराहरुबाट बचाउँछ, कयौं रोगहरु जस्तो मधुमेह, डिप्रेशन र क्यान्सरको समेत रोकथाममा सहायोगी सिद्ध हुन्छ ।
  • लसुन खानाले हाम्रो पाचन क्रिया राम्रोसँग हुन्छ ।
  • बिहानै खाली पेटमा लसुन खानाले उच्च रक्तचाप र ग्यास्ट्रिकबाट बच्न सहयोग पुग्छ ।
  • दैनिक लसुन खानाले पटक पटक रुघाखोकी लाग्दैन ।
  • लसुनमा अन्तरनिहित एन्टीब्याक्टेरियल गुणले गर्दा शरीरमा पीडा हुँदैन । यसबाट राहत पाइन्छ ।
  • दाँतको दुखाईमा पनि लसुनको प्रयोग लाभदायी हुन्छ ।
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob