scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

तीन दल बैठकमा पुनःनिर्माण प्राधिकरण गठनमा सहमतिको पहल

PM-Office- three parties meeting

काठमाडौँ, १९ कात्तिक । तराई–मधेसमा मधेस केन्द्रित दलको जारी आन्दोलन र ती दलका मागका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठक बिनानिष्कर्ष सकिएको छ ।
बुधबार राति अबेलासम्म बसेको बैठकमा विनाशकारी ‘गोरखा भूकम्प’पछिको पुनःनिर्माण प्राधिकरण गठन गर्ने विषयमा पनि छलफल भएको थियो । अघिल्लो सरकारले पुनःनिर्माण प्राधिकरण अध्यादेश ल्याए पनि त्यसको अवधि सकिएपछि पुनः निर्माणका कामले गति पाउन सकेको थिएन ।

यसबारे सरकारले संसद्मा नयाँ विधेयक ल्याउनुपर्नेछ । गत वैशाख १२ को विनासकारी भूकम्पपछि सो प्राधिकरण गठनमा तीन दलबीच विगतमा सहमति भएको थियो ।
सरकारले राष्ट्रिय महत्वका सवालमा प्रतिपक्षी दल नेपाली काँग्रेससँग पनि छलफल गर्दै जाने क्रममा बैठक गरिएको र आगामी दिनमा पनि यस्ता छलफल कायम राख्ने गरी बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।
नयाँ सरकार बनेपछि राजनीतिक समस्या समाधानबारे आज पहिलो पटक प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको हो । बैठकमा सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र एनेकपा माओवादीका नेता सहभागी भएका थिए । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय