scheduleबिहिवारफाल्गुन २० गते, २०७७

गुलाम अलिले अबदेखि भारतमा नगाउने, पूर्वनिर्धारित कन्सर्टसमेत रद्ध !

Gulam Aliकाठमाडौं, १९ कात्तिक । चर्चित गजल गायक गुलाम अलिले अबदेखि भारतमा कहिल्यै गीत नगाउने भएका छन् ।

गुलाम अलिको मुम्बईमा पूर्वनिर्धारित कन्सर्ट अतिहिन्दूवादी पार्टी शिव सेना नेपालले अवरोध गर्ने भएपछि अलिले दिल्लीसहित अन्य स्थानमा गर्ने तय भएको कन्सर्टमा पनि सहभागी नहुने घोषणा गरेका छन् ।

साथै उनले अब भारतमा नगाउने घोषणा पनि गरेका छन् । दिल्ली लगायतका स्थानमा कन्सर्टका लागि अलिलाई निमन्त्रणा दिइएको थियो ।

पाकिस्तानीमूलका गायक अलिले कैयन चर्चित नेपाली गजलसमेत गाएका छन् । ‘गाजलु ति ठूला-ठूला आँखा’ लगायत उनले गाएका कैयन गजल नेपालीको जिब्रोमै झुण्डिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay